Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:४० बिहान
- ADVERTISEMENT -

लिबियामा आक्रमणमा मारिएका नेपाली नागरिक सन्तोष श्रेष्ठको शव नेपाल ल्याउन अझै केही समय लाग्ने

प्रकाशित मिति: २०७६ असार २३, सोमबार

784
Shares

बिबिसी, २३ असार २०७६ । गएको मंगलबार राति लिबियामा आप्रवासीको शिविरमा गरिएको आक्रमणमा मारिएका नेपाली नागरिक सन्तोष श्रेष्ठको शव नेपाल ल्याउन अझै केही समय लाग्ने भएको छ । सो घटनामा नेपालीसमेत ५३ जना आप्रवासीको मृत्यु भएको थियो ।

लिबिया मामिलासमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सुजन बिडारीले सोमबार बाह्रखरीसँगको कुराकानीमा शव नेपाल पठाउने प्रक्रिया लामो भएकोले केही समय लाग्ने बताए । उनले शव पठाउन सहयोगका लागि नेपाली दूतावास कायरोले  इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन –आईओएम) र अन्तरराष्ट्रिय रेडक्रसलाई अनुरोध गरेको तथा उनीहरुले सकारात्मक जवाफ दिएको जानकारी दिए ।

गत महिना जोर्डनमा बार्दली सफा गर्न जाने क्रममा एक नेपाली महिलाको मृत्यु भएकोमा अझै शव पठाउने प्रक्रिया पूरा भइनसकेको जनाउँदै उनले भने, ‘‘यसका लागि प्रक्रिया पूरा गर्न नै ढिला हुने रहेछ । तर, प्रक्रिया अगाडि बढेको छ । लिबियाको सन्दर्भमा पनि केही समय लाग्न सक्छ ।’’

लिबियामा अनेकथरी समस्या भएको जनाउँदै कार्यवाहक राजदूत बिडारीले लिबियालीहरु नै देश छोडेर बाहिर जान इच्छुक भएको र कैयौं युरोप छिर्ने क्रममा डुंगा दुर्घटनामा पनि परेको उल्लेख गरे । यो मामिला आईओएम र रेडक्रसले नै हेरिरहेकाले आफूहरुले दबाब दिने अवस्था पनि नरहेको उनले बताए ।

कार्यवाहक राजदूत बिडारीले शव नेपाल पठाउन कन्सुलरको कार्यालयका तर्फबाट सन्तोषका परिवारका सदस्यले आवेदन हालिसकेको र परिवारका सदस्य सम्पर्कमै रहेको समेत जानकारी दिए । लमजुङ जिल्लाको चिती—८ तीनपिप्ले घर भएका सन्तोष इटाली जाने क्रममा लिबियामा रोकिएको बेलामा नै गएको मंगलबार त्यहाँको विद्रोही समूहको आक्रमणमा परी मारिएका हुन् । उनी इटाली जाने भनेर सन् २०१९ को जनवरी १६ का दिन लिबिया पुगेका थिए ।

सो घटनापछि ८ जना नेपाली फर्किसकेका छन् भने शिव बीके, अर्पण अधिकारी, चित्र ओली, ललित साउद, राजकुमार बस्नेत र रमेशकुमार मिश्र समेतका ६ जना फर्कने तयारीमा छन् । कार्यवाहक राजदूत बिडारीले फर्किन लागेका ६ जनाको हकमा कुनै समस्या नभएको र उनीहरुको उडान मिलेपछि आईओएमको सहयोगमा नै फर्किने बताए । ‘‘उहाँहरुलाई आईओएमले सस्तो फ्लाइट मिलेको बेलामा पठाइदिन्छ । चिन्ता गर्नुपर्ने अवस्था छैन,’’ उनले भने ।

युरोपमा छुट्टै विवाद

बीबीसीले जनाएअनुसार माल्टाले ६५ जना आप्रवासीको समूहलाई लिबियाबाट आफ्नो भूमि हुँदै उद्धार गर्न अनुमति दिएको छ । प्रधानमन्त्री जोसेफ मस्कटले युरोपेली आयोग र जर्मन सरकारसँगको सल्लाहमा उनीहरुलाई युरोपका अन्य भागमा लगिने जनाएका छन् । यसैगरी माल्टाले अन्य ५० जना आप्रवासीको पनि उद्धार गरेको जनाएको छ ।

जर्मनीका आन्तरिक मामिला सम्बन्धी मन्त्री होस्र्ट सीहोफरले बढीमा ४० जना आप्रवासीलाई आफूले लिने जनाएका छन् । मानवीय हिसाबले बन्दरगाह खोल्न समेत उनले आफ्ना इटालीका समकक्षीलाई आग्रह गरेका छन् । तर, इटालीले भने असन्तोष प्रकट गरेको छ । इटालीले आफूले बन्दरगाह नखोल्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -