- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

जापानमा एक नेपाली युवाको हृदयघातको कारण निधन

July 7, 2019
1211
Shares
- ADVERTISEMENT -

जापान, २२ असार २०७६ । नेपाल बाग्लुङ जिल्ला गल्कोट घर हुनुभएका ४० बर्षिय भविलाल घर्तीको हृदयघातका कारण शनिवार मृत्यु भएको हो । जापानमा एक नेपाली युवाको हृदयघातको कारण निधन भएको हो ।

तीन बर्षअघि मात्र रोजगारीको निम्ति जापान आएका घर्तीको जापानको साईतामा केनमा निधन भएको जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

गल्कोट समाजका अध्यक्ष दिलु खत्रीका अनुसार घर्ती नेपाल आर्मिका अवकास प्राप्त गरेपछि जापान आउनुभएको थियो ।

अध्यक्ष खत्रीका अनुसार हिजो शनिवार राती काम सकेर घर फर्कदै गर्दा रेलभित्रै हृदयघात भएर घर्ती बेहोस हुनुभएको थियो ।

- ADVERTISEMENT -

Advertisement

लगत्तै एम्बुलेन्समा राखेर अस्पताल पुर्याईएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको बताईएको छ । घर्तीको नेपालमा श्रीमति र छोराछोरी रहेका छन् । हृदयघातका कारण अल्पायुमै निधन हुनुभएका घर्तीको दाहसंस्कार जापानमानै गरिने बताईएको छ ।

घर्ती कुक भिषामा तीन बर्षअघि जापान आउनुभएको थियो ।

अस्पतालले घर्तीको हृदयघातका कारण मृत्यु भएको पुष्टि गरेको भोजेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com