- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोर्खाली समाज फ्रान्सको बि बि क्यु कार्यक्रम भव्य रुपमा सम्पन्न

July 5, 2019
1682
Shares
- ADVERTISEMENT -

फ्रान्स, २० असार २०७६ । गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीको अध्यक्षतामा, गोर्खाली समाज फ्रान्सको फ्रान्सबासी नेपालीहरुको भेटघाट तथा बि बि क्यु (bbq) कार्यक्रम सम्पन्न भएको छ ।

गोरखा नगरपालिका-६ का वडा अध्यक्ष नारायण बाबु आर्यालको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उक्त कार्यक्रममा गोर्खाली समाजका अभिभाबक तथा एन आर एन फ्रान्सका सस्थापक हरिहर अर्याल, एन आर एन फ्रान्सका पूर्व अध्यक्ष एबम सस्थाका सल्लाहकार निर्मल अर्याल, नेपाली एकता समाजका पूर्व अध्यक्ष एबम सस्थाका सल्लाहकार सुक गुरुङ, सस्थाका उपाध्यक्ष रामेश्वर श्रेष्ठ, एन आर एन फ्रान्सका प्रमुख संरक्षक मुकुन्द अमात्य, एन आर एन फ्रान्सका अध्यक्ष एकेन्द्र बहादुर मल्ल, मगर समाजका अध्यक्ष रमेश मगर, इनास फ्रान्सका उपाध्यक्ष जगत खड्का, पाकोफोनका अध्यक्ष सुमित्रा प्रधान, एन आर एनका सल्लाहकार हरि प्रसाद सापकोटा, तमु समाजका अध्यक्ष चित्र गुरुङ, नेपाली जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर राना, एकता समाजका अध्यक्ष प्रमोद जंग पाण्डे, प्रवासी नेपाली मञ्चका अध्यक्ष भक्त बहादुर वाग्ले लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा उपस्थिति हुनुभएका सम्पूर्ण नेपाली  दाजु भाइ, दिदि बहिनीलाई प्रवासमा रहेका हामी  नेपालीको समय समयमा हुने भेटघाटले एक प्रकारको पारिवारीक आत्मियता र आफ्नो पन झल्काएको भन्दै उपस्थित सम्पूर्ण महानुभाबहरुलाई स्वागत एबम धन्यबाद दिनुहुदै समाजका अभिबाभक हरिहर आर्याल कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो ।

प्रमुख अथिति नारायण बाबु अर्यालले प्रदेशमा नेपालीहरुको आत्मीय र उत्साहजनक सहभागिता र उत्साह जनक भेटघाट देख्दा आफु असाध्यै खुशी भएको र गोर्खा जिल्लाको बिकाशका लागि आफुले सक्दो प्रयास गरिरहेको बताउनु भयो ।

कार्यक्रममा जनसम्पर्क समितिका अध्यक्ष सुधिर राना लगायत सम्पूर्ण पदाधिकारीहरुले आ- आफ्नो तर्फबाट मन्तब्य राख्नु हुदै, स्थापना कालको छोटो समयमा गोर्खाली समाज फ्रान्सले सामाजिक क्षेत्रमा गरेको कामप्रति खुलेर प्रसंशा गर्नु भएको थियो । साथै कार्यक्रम लाई सफल बनाउनका लागि सस्थालाई उपहार स्वरुप आ-आफ्नो तर्फबाट सहयोग, सेलरोटि बार्ता कुमारी गुरुङ र रोशनी हमाल परिवार, अचार विष्णु दवाडी, दिपक भट्ट परिवार राजमा सुजन भट्टराई चट्नी सन्जिब देवकोटा, पानी राजन सिम्खडा, तरबुजा सुजन राज भट्ट र चटपटे मुक्ति गुरुङले सहयोग गर्नु भएको थियो ।

उक्त कार्यक्रमको व्यवस्थापन समाजका अध्यक्ष सुरेन्द्र काप्री, उपाध्यक्ष रामेश्वर श्रेष्ठ, सल्लाहकार निर्मल अर्याल, सुक गुरुङले गर्नु भएको थियो ।

कार्यक्रम सञ्चालन सुजन राज भट्टले गर्नु भएको थियो ।
सस्थाका सास्कृतिक संयोजक समेत रहनुभएका सुजन राज भट्ट, कलावति बि सि लगायत अन्य महानुभाबहरु बाट कार्यक्रमलाई थप उर्जामय मनोरञ्जन प्रदान गर्न दोहोरी गीत समेत प्रस्तुत गरिएको थियो ।

सस्थाका अध्यक्ष सुरेन्द्र काप्रीले कार्यक्रमलाई आ आफ्नो ठाउबाट सक्दो सहयोग गरेर कार्यक्रम सम्पन्न गर्न महत्पूर्ण भुमिका निर्वाह गर्नु भएका सम्पूर्णलाई धन्यबाद ब्यक्त गर्नु हुदै आगामी दिनमा पनि यस्तै साथ् र सहयोगको अपेक्षा रहेको भन्दै उपस्थित सम्पूर्णप्रती आभार ब्यक्त गर्नु हुदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com