- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई सहयोग गर्ने

July 2, 2019
1477
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १७ असार २०७६ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाका सल्लाहकार डा दुर्गा दाहलले फाउण्डेशनलाई सहयोग गर्ने बताउनु भएको छ ।

फाउण्डेशन अमेरिका शाखाले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले कोइराला फाउण्डेशनलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

उहाँले युगपुरुष स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको फाउण्डेशनले गिरिजाबाबुको योगदानलाई देश विदेशसम्म चिनाउँदै अगाडि बढेकोमा फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालालाई समेत धन्यवाद दिनुभयो । भावी योजनालाई आफ्नो तर्फबा सक्दो सल्लाह, सहयोग र सहकार्य गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले सल्लाहकारको उपस्थितीले फाउण्डेशनलाई थप हौसला र प्रोत्साहन मिलेको बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा न्यूयोर्क क्वीन्स वोरो वासी केरिवियन अमेरिकन कम्युनिटिका अध्यक्ष र न्यूयोर्क सिटीका सम्भावित मेयरका उम्मेदवार असिम डिन, पास्टर इमानुयल एस्से, पाकिस्तानी अमेरीकन नेत्री बेला क्वादीर, फाउण्डेशनका उपसभापति सुवर्ण लामा, केन्द्रीय सदस्य प्रेम पौडेल, बङलादेशी अमेरिकन नेता मोहम्मद रसीद, श्रीलंकान अमेरिकी नेता अशरथ उथुमालेबेको उपस्थिती रहेको थियो ।

त्यसैगरी, एनएन्डजे की अध्यक्ष कमला प्रसाई, पूर्व फुटवल खेलाडी विशाल विक्रम शाह, तिव्वतीयन अमेरिकन नेत्री न्यान्सी क्लेयन, नेता नवाङ टि यावाग्नटसाङ, हलिहुड मुभि “द मेन फ्रम काठमाडौँ“का प्रोडुसर पेमा डोन्ढुप, वाल कविरट्यालेन्ट कविनबिक्रम शाह, नेपालि मुभि प्रोडुसर सूर्य सिम्खडाको उपस्थिती थियो ।

कार्यक्रममा श्रीलंकन अमेरिकी नेता अशरथ उथुमालेबे र फाउण्डेशनका अध्यक्ष घिमिरेबीच रेडनोज डे मनाउँदै अगाडि बढ्ने सहमती भएको थियो ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com