जापान, ९ असार २०७६ । नेपाल महिला संघकि केन्द्रिय महा-सचिव धना खतिवडा जापान आइपुग्नु भएको छ । ‘Woman Political Leader Summit’ मा सहभाभिता जनाउन उहा आज जापान आईपुग्नु भएको हो ।

यहि जुन २५ तारिख देखि तीन दिनसम्म टोकियोमा हुन गईरहेको उक्त सम्मेलनमा नेपालका तर्फबाट भाग लिन उहासंगै नेकपाकी नेतृ पम्फा भुसाल र थप एक राष्ट्रसभा महिला सांसद पनि जापान आउनु भएको टोकियोस्थित नेपाली राजदूतावास श्रोतले जनाएको छ ।

उहाँहरुलाई नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल लगायत गैर आवासिय संघ जापान कि उपाध्यक्ष अनिता गुरुङ सहित जनसम्पर्क समिती कान्तो शाखाका अध्यक्ष ऐकेन्द्र थापा को टोलिले हानेदा विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

जुन २५ तारिखबाट जापानको संसद भवनमा संचालन हुने उक्त समिटमा ८० देशका २०० भन्दा बढि महिला नेतृहरुले सहाभिता रहनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्