टोकियो , विश्वाश आचार्य, २ असार २०७६ । नवलपरासी समाज जापानले बोन्म्यरो रोगबाट पीडित ११ बर्षिय बालक निरज गौडेल बचाउ अभियानका सदस्य नारायण प्रभुलाई एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेको छ ।
नवलपरासी समाज जापानले सामाजिक सेवा मुलक कार्यमा सहयोग गर्दै आइरहेको छ । समाजका सल्लाकार एबम यस अभियानका अभियान्ता यादब के सी ले अभियानमा सङ्कलित रकम सिटि एक्स्प्रेस मनि मार्फत रु ४२०५८६ रुपैया नेपाल पठाई एक कार्यक्रम गरी समाजका सल्लाकार एबम यस अभियानका अभियान्ता यादब केसीका पिता फर्स बहादुर के।सी, र समाजका महा सचिब कृष्ण ढुङ्गानाका पिता दामोदर ढुङ्गानाले साथै नगर प्रमुख चन्द्रा कुमारी पुन को सयुक्त हात बाट ४२०५८६ को चेक कावासोती नगरपालिका वडा नं। २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेलको रोहोबरमा निरज बचाउ अभियानका सदस्य नारायण प्रभुलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुनले नवलपरासी समाज जापान साथै अभियान मा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो ।
जापानबाट यस अभियानमा सहयोगी मनहरुले तन मन जे बाट जे जति रकम सहयोग गरेकोमा त्यसकोलागि सहयोगि मनहरुलाई समाजका सल्लाकार एबम अभियानका अभियान्ता यादब केसीले सबैलाई धन्यवाद व्यक्त गर्नु भयो, साथै सहयोग संकलन कार्यमा अहोरात्र खटेका सह अभियान्ता समाजको सदस्य गीता कन्डेल र लक्ष्मी पान्डे प्रति नवलपरासी जापानका महासचिव कृष्ण ढु्गानाले आभार व्यक्त गर्नु भयो ।
सहयोगी हरुको नामावली विवरण