टोकियो, २ असार २०७६ । जापान भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले वैदेशिक अध्ययनका लागि शिक्षा मन्त्रालयले दिईदै आएको नो अप्जेक्सन सटिफिकेटमा (NOC) कानूनी समस्या आएकोले वितरण प्रणालीमा रोक लगाईएको बताएका छन् ।

आइतबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले कानूनी समस्याका कारण रोकिएको एनओसीका बारेमा संसदमा छलफल चलिरहेकोले छिट्टै निकास निस्कने बताउनु भयो  ।

‘आत्तिई हाल्नु पर्ने अवस्था छैन, धैर्य गर्नुस, निकास खोज्छौं’ मन्त्रीले पोखरेलले भन्नु भयो । उहाले वैदेशिक अध्ययनका लागि जानेहरुले नक्कली कागजात तयार पार्ने गरेको बताउँदै त्यस सम्बन्धी कागजात भेटिएको बताउनु भयो ।

कार्यक्रममा शिक्षा मन्त्री पोखरेलले अबको शिक्षा प्राविधिक हुनुपर्ने बताएका छन् । उहाले नेपालको समृद्धिको मूल आधार विज्ञान र प्रविधि भएकोले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो  । मन्त्री पोखरेलले वर्तमान शिक्षा प्रणाली केवल डिग्री हासिल गर्ने र प्रमाणपत्र बुझ्ने खालको मात्र भएको भन्दै सिप र प्रविधि सहितको जनशक्ति उत्पादन गर्ने बाटोमा सरकार लागेको बताउनु भयो ।

शिक्षा मन्त्री पोखरेलले वर्तमान शिक्षा प्रणालीमा ८० प्रतिशत साधारण शिक्षा र २० प्रतिशतमात्रै प्राविधिक शिक्षा प्रदान भईरहेको बताउदै अबको शिक्षा नीति प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनु भयो ।

कपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पोखरेलले नेकपाको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च आबद्ध कार्यकर्तासँग भेटघाट गरेका छन् । घेटघाटमा कार्यकर्ताले प्रवासी संगठनको एकता प्रकियामा ढिलाई हुदा कार्यकर्तामा मनमुटाव सुरु हुन थालेको गुनासो गरेका थिए । जवाफमा मन्त्री पोखरेलले पार्टीं एकताको बाँक िकाम छिट्टै टुङगो लाग्ने बताउनु भयो  ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्