काठमाडौँ, २८ जेठ २०७६ । जापन नागोयामा बसोबास गर्ने नेपालीहरुको सक्रियतामा नेपाल भ्रमण वर्ष-२०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले नेपाल महोत्सव-२०१९ को आयोजना गरेका छन् ।

नेपाली कला संस्कृति, परम्परागत झाँकी, रहनसहन, खाना, गीतसंगीत झल्किने महोत्सवबाट समग्र नेपालको विशेषता दर्शाउँदै नेपाल भ्रमण वर्ष-२०२० का लागि जापानी नागरिकलाई निमन्त्रण गर्नु नै मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले जानकारी दिनुभयो ।

नेपाल महोत्सव-२०१९ ले दुबै देशको सम्बन्ध थप घष्निट बनाउनुको साथै नेपाल भ्रमण वर्ष-२०२०लाई सफल पार्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको जनाएको छ ।

जापानमा रहेको नेपाली दूतावास र एनआरएनएन नागोयाको संयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह-आयोजकको रुपमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ  । उक्त महोत्सव साकायको हिसाय दोहोरी पार्कमा यही जून १५ र १६ तारिकका दिन हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्