- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

विश्व नेपाली साहित्य महासङ्घ, जापान शाखा गठन

June 9, 2019
1102
Shares
- ADVERTISEMENT -

जापान, २६ जेठ २०७६ । जापानमा यही जुन ९ तारीख जापानमा रहेका नेपाली साहित्यकारहरु र साहित्य प्रेमी नेपालीहरुले टोकियोमा एक कार्यक्रमको आयोजना गरी विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको समन्वयमा जापान शाखाको तदर्थ समिति गठन गरेका छन् ।

देवी बहादुर ईङनामको अध्यक्षतामा गठन गरिएको १३ सदस्य तदर्थ समितिमा भुवन रोका बरिष्ठ उपाध्यक्ष, लोकनाथ अधिकारी उपाध्यक्ष, रविन्द्र दिखुक्पा महासचिव, बिमन किराती सचिव, शिव राज राई आर्थिक सचिव र अशोक कार्की आर्थिक सह-सचिव रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

साथै, सदस्यहरुमा शंकर हरि राई, गंगा गगन, मञ्जु सावा, दिप मुस्कान, रेश राई, थर्क दिप तिगेला रहेका छन्। यस तदर्थ समितिले जापानमा रहेका नेपाली श्रष्टाहरुलाई समेट्दै अघि बढ्ने र १ बर्ष भित्र नयाँ कार्यसमितिको गठन गरिने कुरा तदर्थ समितिका अध्यक्ष ईङनामले जानकारी दिनुभयो ।

केन्द्रीय समितिको योजना अनुसार जापानमा साहित्यिक कार्यक्रमहरुको आयोजनालाई निरन्तरता दिदै प्रवासमा नेपाली साहित्यको संरक्षण र सम्बर्धन गर्ने उद्देश्य राखेर विश्व नेपाली साहित्य महासङ्घको शाखा जापानमा गठन गरिएको कुरा समितिका महासचिव रविन्द्र दिखुक्पाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा बिभिन्न श्रष्टाहरुले आफ्ना साहित्यिक रचनाहरु समेत वाचन गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -