टोकियो, २० जेठ २०७६ । जापान भ्रमणमा रहनुभएका नेपाली कॉंग्रेसका सह-महामन्त्री एवम् पूर्व-परराष्ट्र मन्त्री महत ले नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रद्वारा जापानको टोकियोमा आइतवार आयोजित अन्तरक्रिया कार्यक्रममा आफ्नो धारण राख्नु भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि डा।प्रकाश शरण महतले सरकार निर्माणको लागी जनताले जुन आसाको साथ अभिमत दिनुभएको थियो तर त्यसको बिपरित सरकार उल्टो दिसा तिर हिडीरहेको छ ।
अघिल्लो सरकारको समयको तुलनामा झन बिदेशी लगानी घटीरहेको शान्ती सुरक्षा अनुभूति हुन छोडेको र जनतामा झन नैरश्यता उत्पन्न भएको छ भन्दै उहाले यो दुईतिहाईको सरकार कुनै पनि बहानमा उम्किन नपाउने बताउनु भयो । जनताको आसाअनुरुप अगाडी बढ्नु पर्न हो साथै सरकार बिधिको शासनबाट पछि हटदै संबैधानिक निकायहरु कब्जा गर्न अग्रसर रहेको भन्ने आरोप लगाउनु भयो ।
त्यसै गरी बिदेशमा रहेका नेपालीहरुलाई आफ्नै देशमा लगानी गरेर निर्माणामा सहयोग गर्न पनि आह्वान गर्नु भयो ।
सोही कार्यक्रममा बोल्नु हुदै एन आर एन आसिसि अध्यक्ष भबन भट्टले नेपालमा पर्यटन प्रबदनकोलाई अथिति देबो भब नाराको साथ बिश्ब भरिमा रहेका नेपालीहरुलाई नेपालको बारेमा प्रचार गर्न बिभिन्न किसिमका कार्यक्रम गर्न निर्देशन दिनु भएको छ । बिदेशीको लगानीको कारण नै देश बिकाशमा ठुलो मदत पुग्ने भन्दै सरकारले बिदेशी लगानीको लागी उचित प्रबन्धको व्याबस्था मिलाउनु पर्ने कुरा राख्नु भएको थियो ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापानका पूर्व सभापति एवम महा-समिती सदस्य महेश कुमार श्रेष्ठ, पूर्व सभापतिहरु बलाराम श्रेष्ठ , नारायण सुबेदी, भुपि गोबिन्द श्रेष्ठ, डिपि कंडेल, निवर्तमान सभापति रोसन के सी लगायत नेता तथा कार्यकर्ताको उपस्थितिका साथै प्रबासमा रहेका बिभिन्न राजनीतिक दलका प्रबास संगठनको प्रतिनिधिहरु, एनआर एन ए जापानका पदाधिकारी एवम् सदस्यहर, बिभिन्न सामाजिक संस्थामा आबद्ब व्यक्तिहरु पत्रकार , पेशाकर्मी ,व्यबसायी व्यक्तित्वहरु लगायत जापानमा रहेका नेपाली जनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम कान्तो क्षेत्रका सभापति एकेन्द्र थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।