अमेरिका, के पी भट्ट, कनेटिकेट, १ जुन २०१९ । नेपाली जनसम्पर्क समिति अमेरिकाले यही आउँदो जुन १५ तारीख २०१९ का दिन अमेरिकाको तिनवटा क्षेत्रमा एकैसाथ जनजागरण अभियानको कार्यक्रम गर्ने भएको छ ।
गत मे २९ तारीख २०१९ बुधबारको दिन संस्थाका सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको कन्फरेन्स बैठकले उक्त निर्णय गरेको हो ।
जागरण अभियानलाई प्रभावकारी ढंगले सफल बनाउँनका निमित्त संगठनले अमेरिकाको पूर्व क्षेत्रका निमित्त महासचिव मुनिन्द्र नेम्बाङलाई , दक्षिणी भेगमा उप-सभापति चेत प्रसाद पौडेललाई र पश्चिम क्षेत्रका लागि उप-सभापति धर्म राज श्रेष्ठलाई केन्द्रीय प्रतिनिधीको रूपमा खटाएको छ ।
अमेरिकाको पूर्व क्षेत्रको न्यूयोर्क शहरमा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, दक्षिणी भेगको टेक्सासका लागि नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं संस्थाका सभापति आनन्द बिष्ट र पश्चिम क्षेत्रको क्यालिफोर्नियामा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रमुख अथिति रहनु हुने संस्थाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिनुभयो ।
सोही जनजागरण अभियानमा संस्थाका साधारण एवं कृयाशिल सदस्यहरू, शुभेच्छुक एवं शुभचिन्तकहरू, संस्थाको केन्द्र र च्याप्टरमा आबद्ध साथिहरू,अग्रजहरू एवं संस्थाका सल्लाहकारहरू, नेपाली काँग्रेसमा आस्थावान साथिहरू एवं लोकतन्त्र प्रेमी आम नेपालीहरूको सहभागिता रहने बताउँदै, नेम्बाङले यो अभीयानमा सबैलाई उपस्थितिको लागि आग्रह समेत गरेको छ ।
साथै उक्त कार्यक्रमलाई भव्य रूपमा सफल बनाउँनका निमित्त संस्थाका सबै सम्रचना र आस्थावान सबैलाई एकै साथ जागिदिन र आफुलाई पायक पर्ने ठाउँमा सहभागि भएर सहयोग गरिदिनहुन समेत नेपाली जससम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ ।