- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल जापान युथ क्लबको आयोजनामा टोकियोमा रक्तदान सम्पन्न, ६२ जनाले गरे रक्तदान

May 28, 2019
982
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टोकियो, १४ जेठ २०७६ । नेपाल जापान युथ क्लव जापानको आयोजनामा मानव जिवनमा महत्वपूर्ण रहेको रक्तदान जिवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै रक्तदान ( ब्लड डोनेशन ) कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल जापान युथ क्लबका अध्यक्ष लेलिन भट्टचनका अनुसार ७६ जनाले सहभागिता जनाउनु भएको उक्त रक्तदान कार्यक्रममा बिबिध कारणले ६२ जना रक्तदाताले रक्तदान गरेका थिए ।

रक्तदान गर्ने रक्तदाताहरुको स्वास्थ्य रिपोर्ट रेडक्रस सोसाईटिले चेकजॉचपछि सम्बन्धित सबै रक्तदाताको घरमा नै पुर्याईदिने आयोजकले जनाएको छ ।

नेपालीहरु धेरै बसोबास गर्ने टोकियोको सिन्जुकु वार्डको वाकामाचु खावादा स्थित जापान रेडक्रस सोसाईटिको भवनमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

हरेक बर्ष युथ क्लबले आयोजना गर्ने रक्तदान कार्यक्रमलाई प्रभावकरी बनाउन विशेष सहयोग गर्नु भएका वाईफेरी सरीता गुरुङ सहित रक्तदाता, जापान रेडक्रस सोसाईटिका प्राविधिक सहित सबै सहयोगी महानुभाबलाई युथ क्वबले धन्यबाद सहित आभार ब्यक्त गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -