२०८३ जेठ ५, मंगलबार
८:३९:३० बिहान
- ADVERTISEMENT -

बहराइनमा शान्तिको कामना गर्दै २५६३औ बुद्ध जयन्ती भब्य रूपमा मनाइयो

प्रकाशित मिति: २०७६ जेठ १३, सोमबार

1099
Shares

बहराइन, २६ मे २०१९ । नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनद्वारा आयोजित २५६३ औ बुद्ध जयन्ती समारोहको अवसरमा शान्ति पुजा पाठ कार्यक्रम गरि मनाइएको छ ।

२४ मे २०१९ शुक्रबारका दिन बहराइनको मानमा स्थित ओरेनटेल प्लाजा होटेलमा शान्तिको कामना गर्दै भब्य रूपमा लामा गुरु गौतम लामा बाट पुजा पाठ गरि २५६३ औ बुद्ध जयन्ती मनाएको हो ।

देश तथा बिदेशमा २५६३औ बुद्ध जयन्ती मनाइरहेको बेला प्रवास शाखा बहराइन घेदुङले पनि बहराइनमा रहेका बौद्धमार्गी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उत्साहजनक उपस्थितिमा शान्तिको कामना गर्दै २५६३औ बुद्ध जयन्ती मनाइएको छ ।

बहराइनको मानमा स्थित ओरेनटल प्लाजा होटेलमा सम्पन्न २५६३ औ बुद्ध जयन्ती घेदुङ बहराइनका अध्यक्ष महेन्द्र तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बहराइनका बरिस्ठ समाजसेवी तथा नेपाली क्लब बहराइनका संरक्षक गम गुरुङ प्रमुख अतिथि रहेका थिए ।

विशेष अतिथितर्फ नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ र एन आर एन बहराइनका अध्यक्ष लाल पुन थिए । त्यसैगरि अतिथितर्फ बहराइनमा रहेका विभिन्न क्रियाशिल संघ सस्थाका प्रतिनिधिहरु रहेका थिए भने बहराइनमा रहेका समाजसेवी , पत्रकार , बुद्धिजीवी , कलाकार , व्यावसायी , लगायत उल्लेख रूपमा बहराइनबासी नेपालीहरुको उपस्थिति रहेकोे थियो ।

कार्यक्रममा तामाङजातिको पहिचान झल्काउने मौलिक भेषभुषामा व्यापक रूपमा बहराइनमा रहेका तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रम सन्चालन घेदुङ बहराइनका महासचीव मान बहादुर तामाङ र सास्कृतिक बिभागका सचीव सलाम गोम्जाले गर्नु भएको थियो ।

कार्यक्रममा मेन्दोमाया र घेदुङ बहराइनका सम्पुर्ण मित्रहरू बीच एक आपसमा तामाङ टोपि , फेटा र खादा साटासाट गरि बुद्ध जयन्तीको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा सभापति , प्रमुख अतिथि र अतिथिहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरि कार्यक्रम उदघाटन गर्दै नेपालको रास्तिय गान बजाइ कार्यक्रमलाई मुर्तरुप दिइएको थियो । घेदुङ बहराइनका बरिस्ठ उपाध्यक्ष प्रेम स्याङतानले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम हल भरिभराउ थियो भने अतिनै रमाइलो बाताबरणमा सम्पन्न कार्यक्रममा उपस्थिति सम्पुर्णलाई सेलरोटी , अचार , पुरी तरकारी , खिर , फलफूल पानी र जुसको व्यवस्था आयोजक घेदुङ बहराइनले गरेको थियो ।बुद्ध जयन्ती कार्यक्रम कै दिन घेदुङ बहराइनले महिला बिभाग तर्फ महिला कार्यसमिति चयन गरेका थिए । जसमा महिला बिभाग प्रमुख गिता लामा सहित क्रमशः अम्बिका लामा , माया लामा , अबिना वल , सरिता पाख्रीन , सुबि मोक्तान , प्रनिसा दोङ रहेका छन ।त्यसैगरी महिला उपाध्यक्षमा सरिता लामा , सल्लाहकार तर्फ रोज लामा र सास्कृतिक सचीवमा सलाम गोम्जा लाई चयन गरिएको छ ।

घेदुङ बहराइनले महिला बिभागका सदस्य प्रनिसा दोङकी भिनाजु काठमाडौ शंखरापुर न. पा. वाड न. २ निवासी वर्ष ५३का दिल बहादुर तामाङ क्यान्सर पीडितलाई बुद्ध जयन्ती कार्यक्रम कै दिन उपचारार्थ आर्थिक नगद बहराइनि दिनार १२५ नेपाली रकम ३७००० ( सैतिस हजार ) आर्थिक सहयोग गरिएको थियो ।कार्यक्रमका प्रमुख अतिथि बरिस्ठ समाजसेवी गम गुरुङ कि. या. चु. का अध्यक्ष तथा जनजाती महासघ बहराइनका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र तुम्बापो , घेदुङ बहराइनका प्रमुख सल्लाहकार एक वल, घेदुङ बहराइनका सास्कृतिक सचीव सलाम गोम्जा ले बुद्ध जयन्तीको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष महेन्द्र तामाङले कार्यक्रममा उपस्थिति भएर कार्यक्रम सफल पार्नु हुने बहराइनमा अबस्थित कृयासिल संघ सस्थाहरुको प्रतिनिधि ज्युहरु बुद्धिजीवी , समाजसेवी , पत्रकार , व्यावसायी , कलाकार , राजनीतिज्ञ , र कार्यक्रममा उपस्थिति जनाउनु हुने सम्पुर्ण बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ हृदय देखिनै धन्यवादको साथमा आभार प्रकट गर्नु भएको थियोे भने यसैगरी आउने वर्षहरुमा पनि घेदुङ बहराइनले व्यापक रूपमा बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थितिमा बुद्ध जयन्ती मनाउने छौ भनेर प्रष्ट पार्नु भएको थियो ।

२५६३ औ बुद्ध जयन्ती समारोह कार्यक्रममा जुस र पानी स्पोन्सर गर्नुहुने घेदुङ बहराइनका उपाध्यक्ष याम दोङ लामा त्यसैगरी क्यामरा स्टेन सहयोग गर्नुहुने घेदुङ बहराइनका सचिव सरोज मोक्तान क्रमश डिल्बा दोर्जे स्पोन्सर गर्नुहुने सागर थिङ , डमरु(फेन्द्वर)स्पोनसर गर्नुहुने रोज लामा र पिङ , छेमे र धूप स्पोनसर गर्नु हुने घेदुङका सल्लाहकार उर्गेन लामा सम्पुर्णलाई घेदुङ बहराइन विशेष धन्यवाद ज्ञापन व्यक्त गर्दछौ ।

त्यसैगरी घेदुङ बहराइनको बुद्ध जयन्ती समारोह कार्यक्रम सफल बनाउन यातायातको व्यवस्थापन गर्नुहुने पेमा पाख्रीन साथै मिनि मेलामा सामान बिक्रीवितरण गरि सस्थालाइ सहयोग गर्नुहुने याम दोङ , रानी लामा , अबिना बल , सरिता पाख्रीन साथै क्यामारामा अपरेटर सरोज मोक्तान , रोज लामा साउनड सिस्टम अपरेटर दिपेस लामा , कार्यक्रम समयोजक प्रेम लामा उप समयोजक सोम मोक्तान साथै स्वयंसेवक मित्रलाई र सम्पुर्ण कार्यक्रममा खटिनु भएका दाजुभाइ तथा दिदीबहिनीहरुलाइ धेरै धन्यवाद व्यक्त गर्दछौं ।

वाला फेटा र खादा स्पोन्सर गर्नुहुने मेन्दोमायाका कलाकार तथा मेन्दोमाया प्रेमी मित्रहरु क्रमशः फुल माया तामाङ , खेवा लामा , मनमाया वाइबा ,लक्ष्मी स्याङतान , टीका माया चोथेन , शान्ति माम्बा तामाङ , सलाम गोम्जा सम्पुर्णलाई मुरी मुरी धन्यवाद ज्ञापन गर्दछौ ।

त्यसैगरी कार्यक्रमलाई सफल बनाउन समाचार सम्प्रेषण गरी प्रचारप्रसारमा सहयोग पुर्याउनु हुने सम्पुर्ण मिडियाहरु क्रमशः नामसादिङ डटकम , नुवाकोट एक्सप्रेस डटकम ,सैलुन अनलाइन डटकम , थहामती डटकम , पिटि अनलाइन न्युज , तामाङ पेज , इन्फो प्लिज , तामाङ भ्वाइस डटकम , सिमपानी न्युज डटकम सम्पुर्णलाई मुरी मुरी धन्यवाद व्यक्त गर्दछौ ।

कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरि पल्नु भएका अतिथि मेन्दोमाया कलाकार रोम लामा र आर बि लामा लाई विशेष धन्यवाद ज्ञापन प्रकट गर्दछौं ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.86
154.46
EUR
European Euro
1
178.95
179.64
GBP
UK Pound Sterling
1
205.48
206.28
CHF
Swiss Franc
1
195.64
196.40
AUD
Australian Dollar
1
110.03
110.45
CAD
Canadian Dollar
1
111.89
112.32
SGD
Singapore Dollar
1
120.18
120.65
JPY
Japanese Yen
10
9.68
9.72
CNY
Chinese Yuan
1
22.63
22.71
SAR
Saudi Arabian Riyal
1
41.00
41.16
QAR
Qatari Riyal
1
42.21
42.38
THB
Thai Baht
1
4.71
4.72
AED
UAE Dirham
1
41.89
42.06
MYR
Malaysian Ringgit
1
38.69
38.84
KRW
South Korean Won
100
10.25
10.28
SEK
Swedish Kroner
1
16.31
16.38
DKK
Danish Kroner
1
23.94
24.04
HKD
Hong Kong Dollar
1
19.65
19.72
KWD
Kuwaity Dinar
1
501.50
503.46
BHD
Bahrain Dinar
1
407.95
409.55
OMR
Omani Rial
1
399.63
401.19
- ADVERTISEMENT -