जापान, १० जेठ २०७६ । जनसम्पर्क समिति जापान कान्तोले नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

जनसम्पर्क समिती जापान कान्तोले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन नेपाल सरकारका पुर्व परराष्ट्र मन्त्री समेत रहेका नेता जापान आउनु भएको हो ।

नेपालबाट जापानमा बसोबास गर्ने नेपालीहरुसंगै अन्तरक्रिया कार्यक्रम रहेको जनसम्पर्क समिती कान्तो अध्यक्ष एकेन्द्र थापाले जानकारी दिनु भयो ।

जुन २ आइतबार सिनओकुबो, टोकियो नजिकै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कार्यक्रममा जापानमा रहेका नेपालीहरुलाई उपस्थितिका लागि जनसम्पर्क समितीले आग्रह समेत गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्