अमेरिका, ६ जेठ २०७६ । गैर आवासीय नेपाली संघ एनसीसी अमेरिकाको अध्यक्षमा सुनिल साह विजयी भएका छ्न । आफ्नो प्रतिस्पधिलाई झन्डै दोब्बर मतको अन्तरले साह बिजय भएका हुन ।
अध्यक्ष साहले ३ हजार ७ सय ११ मत प्राप्त गरेको स्रोतले जनाएको छ । आफ्नो भरी मतका कारण दुई प्रतिस्पधिलाई पछाडि पार्न सफल भएका हुन ।
वरिष्ठ उपाध्यक्षमा टेक्ससको डयालसै अर्जुन बन्जादे झिनो मतले बिजय भएको स्रोतले जनाएको छ ।
महासचिवमा पशुपति पाण्डे , कोषध्यक्षमा नेत्र बन्धु पोख्रेल , सह- कोषध्यक्षमा सन्तोष बिष्ट बिजय भएका छ्न ।