- ADVERTISEMENT -

नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनको आयोजनामा आगामी २४मे का दिन २५६३औ बुद्ध जयन्ती मनाउने

May 19, 2019
1420
Shares
- ADVERTISEMENT -

एम . बि . तामाङ १८ मे मानमा बहराइन, नेपाल तामाङ घेदुङ प्रवास शाखा बहराइनको आयोजनामा २५६३औ बुद्ध जयन्ती मनाउने भएको छ ।

गत मे ३ तारिख घेदुङ बहराइनका अध्यक्ष श्री महेन्द्र तामाङ ज्युको अध्यक्षतामा मानमा स्थित ब्लुमुन रेस्टुरेन्टमा बसेको बैठकले यही आउदो मे २४ तारिख शुक्रबारका दिन ओरेनटल प्लाजा होटेल मानमा बहराइनमा बौद्ध धर्म अनुसार लामा गुरुबाट पुजापाठ गरि भब्यताका साथ बुद्ध जयन्ती मनाउने निर्णय गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

घेदुङ बहराइनको यो पहिलो बुद्ध जयन्ती समारोह कार्यक्रम हो । साथै उक्त बुद्ध जयन्ती समारोहमा बौद्ध धर्म र तामाङ जातिको पहिचानमा आधारित विभिन्न तामाङ भेष भुषा ,बुद्ध माला , बुद्ध चित्तका ब्रासलेट लगायत विविध सामाग्रीहरु सहितको मिनिमेला पनि रहेकोे आयोजक घेदुङ बहराइनले जनाएको छ ।

कार्यक्रम कै दिन बहराइनमा रहनु भएका मेन्दोमायाप्रेमी मेन्दोमाया टिमका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु पनि घेदुङ बहराइन सगै एकता गरि घेदुङ बहराइनको सास्कृतिक बिभागमा समेटेर जाने कार्यक्रम पनि रहेकोे छ। साथै मेन्दोमाया चर्चित अतिथि कलाकार श्री रोम लामा र आर बि लामाको बेजोड सागितिक प्रस्तुति रहनेछ भने स्थानीय कलाकारहरुको पनि उत्तिकै सागितिक प्रस्तुति रहने घेदुङ बहराइनले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

साथै कार्यक्रम स्थलसम्म आउन जानको लागि नि:शुल्क गाडीको व्यवस्था समेत रहेकोे आयोजक घेदुङ ले जनाएको छ।
विश्वभरको बौद्ध धर्मावलम्बीहरुले एकै साथ मान्ने गरेको बुद्ध जयन्तीमा ब्रह्माण्डका (ससार ) प्राणी जगतलाई दुख ,पिडा नहोस् सबैलाई शान्ति छाओस भन्दै बौद्ध लामा गुरुबाट पुजापाठ गर्दै मनाइन्छ ।

त्यसै अनुरुप घेदुङ बहराइनले पनि सबैमा शान्ति छाओस भनी बहराइनमा रहनु भएका बौद्धमार्गी लगायत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाइ आयोजक घेदुङ बहराइन निमन्त्रणा गर्दै हार्दिक स्वागत गर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -