काठमाडौं, २ जेठ २०७६ । स्थायी घर स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका पौवै गौडे ५ घर भएका बर्ष ५६ को राजेन्द्र कुमार कार्की बिगत ३ बर्ष देखि शरीरका दुबै मृगौलाले काम गर्न छाडेर हाल बनस्थली स्थित राष्ट्रिय मृगौला उपचार केन्द्रमा उपचार गराई रहनु भएको छ ।

पारिवारिकअबस्था निकै नै नाजुक भएकोले हालसम्म आफुसंग भएको रकमले डाईलसिस गर्दै आए पनि मृगौला प्रत्यारोपणका लागि १० देखि १५ लाख लाग्ने हुँनाले मृगौला पीडित कार्कीले “नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेल मार्फत मकाउमा रहेको नेपाली काँग्रेसको भातृ संस्था नेबि संघ मकाउलाई आर्थिक सहयोग गरी जीवन बचाई दिनु हुन अपिल गरेसंगै मकाउमा रहेका नेपाली दाजुभाईहरूले मोप ४२५५ अर्थात नेरू ६०,०००।-( साठ्ठी हजार ) सहयोग गर्नु भएको छ ।

सहयोग गर्ने सहयोगी हातहरू प्रति हार्दिक धन्यबाद ब्यक्त गर्दछौ। जय नेपाल

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्