के पी भट्ट कनेटिकेट अमेरिका मे १५ । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले सदस्यहरूको व्यक्तिगत गोपनीयता चुहावट सम्वन्धमा छानविन प्रक्रिया अगाडि बढेको बताएका छन् ।

बुधवार विज्ञप्ति जारी गर्दै अध्यक्ष पौडेलले दोषिलाइ कानुनी कारवाही हुने आश्वासन पनि दिएका छन् ।

पौडेलले जारी गरेको विज्ञप्ती

आदरणीय अमेरिकावासी एनआरएनप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु,
नमस्कार ।
प्रवासी नेपालीहरुको साझा संगठन एनआरएनए अमेरिकाको सबलतामा तपाईं सम्पूर्ण महानुभावरुको लगाव प्रति अनुग्रहित छौं । अहिले हामीमाझ तथ्यपरक सुचनाहरुभन्दा ब्यक्तिगत हल्ला र अनर्गल प्रचारहरुको बाढी आएको छ । तर हल्ला र खबरहरुमा हामीले सत्यता खोज्नु जरुरी छ ।

अमेरिकाको कानुन अनुसार बिधीवत दर्ता भएको प्रवासी नेपालीहरुको सर्वप्रिय संस्था एनआरएनए अमेरिकाको नियमित प्रकृयालाई सुचारु गर्न र सो प्रकृयाको बैधानिक बाटोस्वरुप निर्वाचन गराउन सम्मानित अदालतले दिएको निर्देशन, बिभिन्न समितिहरुको अहोरात्रको मेहनतपछि अब निर्वाचन समितिको मातहतमा चुनाव गराउने एउटै जिम्मेवारी बांकी रहेको जानकारी गराउन चाहन्छु ।

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
एनआरएनए अमेरिकाको शक्तिशाली साधारण सभाले निर्माण गरेको निर्वाचन समिती, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नाका लागि गठित सुपरिवेक्षण समिती, सदस्यता भेरीफिकेशन समिती र पून: निर्वाचन समितिमा अन्तर्निहित ‘ब्यक्तिगत गोपनियताको विवरण’ अहिले एउटा दु:ख लाग्दो पक्ष बनेको छ । कानुनको राज्य अमेरिकामा त्यो अपराध र अमान्य हो, यो कुरामा एनआरएनए अमेरिकाको कार्यसमिती र मेरो गहिरो ध्यान केन्द्रित भएको छ ।

एनआरएनए अमेरिका सत्यताको बाटोमा सदैव हिड्ने एउटा छाता संगठन भएकोले ‘ब्यक्तिगत गोपनियताका बिवरण’ गैरकानुनी रुपमा सार्वजानिक भएको बिषयमा हामीले गम्भिरताका साथ छानबिनका प्रकृया शुरु गरेको जानकारी गराउन चाहन्छु । कसैले गोपनियताको त्यो सुचना सार्वाजानिक गर्ने हर्कत र सौदाबाजी गरेको प्रमाण भए कृपया हामीलाई सुचना प्रदान गराइदिनुहुन म यसै वक्तब्यमार्फत सार्वजानिक अनुरोध गर्दछौ ।

एउटा संस्थाको असल बाटो नियम, अनुशासन र संस्थाप्रतिको लगावले तय भएको हुन्छ । यो निश्चित बाटोमा ईमान्दारिता र समर्पण मात्र हिड्दछ, न कि ब्यक्तिगत आक्षेप, दुराशय र बेईमानी । समर्पण र ज़िम्मेवारीताको सवाललाई ह्रृदयमंगम गर्दै साधारण सभाले प्रत्याभुती गरेको अधिकार, एनआरएनए अमेरिकाको आफ्नो बिधानभन्दा बाहिर गएर सार्वाजानिक भएको ‘गोपनियताको ब्यक्तिगत विवरण’ को छानवीनको प्रारम्भिक प्रकृया शुरु भईसकेको र यथाशाक्य सार्वाजानिक गरिने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

पुनश्च: ब्यक्तिगत विवरणको गोपनियता चुहावटको अनुसन्धानका लागि प्राविधिक एवम कानुनी परामर्श शुरुवात भईसकेको जानकारी गराउंदछु तथा गोपनियताका सुचना चुहावट गर्नेहरुमाथी अमेरिकी कानुन अनुसार सबै प्रकारका कारवाही हुने स्पष्ट पार्न चाहन्छु । दोषीलाई कानुनी कठाघारामा उभ्याउन यहाँहरुले प्राप्त गर्नुभएका सुचना लगायत दोषीमाथी कारवाहीका लागी यहाँहरुका सबै प्रकारका सहयोगको हार्दिक अपेक्षा गर्दछु ।
धन्यवाद !
जय एनआरएनए
डा. केशव पौडेल
अध्यक्ष
एनआरएनए एनसिसी अमेरिका ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्