टोकियो, २९ बैशाख २०७६ । सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश लगाउन लागेको भन्दै प्रवासमा रहेको पत्रकारहरू पनी बिरोधमा उत्रेका छन ।

नेपाल पत्रकार महासंघ जापान शाखाले आज आइतवार एक कार्यक्रम गरी बिरोध जनाएको हो ।

टोकियो भएको अन्तरक्रियात्मक भेलामा महासंघ जापानका सचिव ऋतुकुमार दूराले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधानहरु सच्याउन माँग गर्दै प्रवासबाट भएपनी बिरोध जनाएको जानकारी दिनुभयो ।

महासंघ जापान शाखाका अध्यक्ष मोहन घलेले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानबारे सहभागीहरुलाई जानकारी गराउदै बिधेयक फिर्ता नलिए बिश्वका पत्रकारहरू एक भएर अन्तर्राष्ट्रिय मिडिया मिसनमा जाने सरकारलाई चेतावनी दिनुभयो ।

विधेयक कानुनको रुपमा आइसकेपछि नेपालमा स्वतन्त्र पत्रकारिता नरहने भनदै नेपाल पत्रकार महासंघले सरकारको कदमविरुद्ध आइतबारदेखि देशभर आन्दोलनको कार्यक्रम घोषणाको गरेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्