- ADVERTISEMENT -

एनआरएनए निर्वाचन : नेपाली कला र संस्कृति संरक्षण गर्नको लागि मेरो उमेदवारी

May 7, 2019
1767
Shares
- ADVERTISEMENT -

के पी भट्ट कनेटिकेट मे ६, २०१९,अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा टंक राज रेग्मी (महेश) ले उमेदवारी दर्ता गराएका छन् ।

विदेशमा नेपाली कला र संस्कृतिको संरक्षण गर्नको लागि आफुले आशन्न निवार्चनमा उमेदवारी दिएको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

अमेरिकाको टेक्सास राज्यमा विगत लामो समयदेखि बस्ने रेग्मी युवाहरुको प्रतिनिधीत्व गर्दै एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दाखिला गरेको स्पष्ट पारे । नेपालको नवलपरासीका बासीन्दा रेग्मी नेपालमा रहंदा पनि युवाहरुमा सामाजिक व्यक्तित्वको रुपमा परिचित थिए ।

अमेरिकामा पनि युवा पुस्तालाई अगाडी बढाउन पर्छ भन्ने मान्यताका साथ आफुले उम्मेद्वारी दिएको उनले बताए । प्रवासमा सबैभन्दा बढि युवा बिद्यार्थीहरुका समस्या व्यापक रहेकोले संस्थागत रुपमा उनीहरुका समस्या समाधानका लागी पहल गर्न पनि आफ्नो उम्मेद्वारी रहेको उनको भनाई छ ।

युवा व्यवसायी रेग्मी युवाहरुको नेतृत्व गर्दै आफुले बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दर्ता गरेकोले सबै गैर आवासीय नेपाली संघ अमेरिकाका सदस्यहरुको साथ र सहयोग रहेने बिश्वास समेत उनले व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -