टोकियो, जापान, १४ बैशाख २०७६ । जापानमा सार्वजनिक पार्कमा नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

जापानको राजधानी टोकियोमा परिवारका साथमा बस्दै आएका बिनय खड्का नाम गरेका २४ बर्षिय युवाले आत्महत्या गरेका हुन् । यहाँको प्रहरीले खड्काले राजधानी टोकियोको निशिगाहारा रेल स्टेशन नजिकै रहेको पार्कमा मंगलबार बिहान आफैंले लगाएको कपडाले पासो लगाएर आत्महत्या गरेको पुष्टि गरेको छ ।

पार्कमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो हेर्दा खड्काले आफैंले । लगाएको कपडा फुकालेर पार्कमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेको पाईएको छ ।

यहाँको प्रहरीले खड्काले राजधानी टोकियोको निशिगाहारा रेल स्टेशन नजिकै रहेको पार्कमा मंगलबार बिहान आफैंले लगाएको कपडाले पासो लगाएर आत्महत्या गरेको पुष्टि गरेको छ ।

सिसिटिभी क्यामेरामा कैद भएको भिडियो हेर्दा खड्काले आफैले । लगाएको कपडा फुकालेर पार्कमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेको पाईएको प्रहरीले जानकारी दिएको दिनेश गुरुगंले जानकारी दिनुभयो । मृतक बिनय खड्काका पिता महेन्द्र खड्काका साथी गुरुगंले दिनुभएको जानकारी अनुसार आत्महत्याको बास्तविक कारण खुल्न सकेको छैन ।

प्राप्त एक अर्को जानकारी अनुसार आत्महत्याको अघिल्लो दिन,कामता ससुराली पुगेपनि श्रीमतीसँग भेट नभएपछि फोनमानै कुराकानी गरेर फर्केका उनले पार्कमा पुगेर आत्महत्या गरेका छन् । पछिल्लो समय श्रीमतीसँग घरायसी बिवाद रहेको बताईएका बिनयले आवेसमा आएर । सोही कारण आत्महत्या गरेको ठानिएको छ ।

बिनय परिवारको डिपेन्डेन्ट भिषामा जापानमा बस्दै आएका थिए । राजधानी टोकियोमा रेष्टुरेण्ट लगायत व्यवसाय गर्दै आउनु भएका महेन्द्र खड्का मृतक बिनयका पिता हुन् । जापानमा श्रीमती र एकमात्र छोरा बिनयसँगै रहँदै आउनुभएका खड्काको एकमात्र छोरी भने नेपालमा अध्ययनरत रहेको बुझिएको छ । यसैबिच हाल ताकिनोगावा प्रहरी चौकीमा रहेको बिनयको जापानमानै दाहसंस्कार गरिने भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्