२०८३ जेठ ३, आइतबार
५:१९:४० बेलुका
- ADVERTISEMENT -

पौडेल एनआरएन अमेरिकाको चुनावी मैदानमा

प्रकाशित मिति: २०७६ वैशाख १३, शुक्रबार

1103
Shares

के पी भट्ट, कनेटिकेट अमेरिका, अप्रिल २६, २०१९ । इन्जिनियर शिवराज पौडेलले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यव परिषद एनआरएनए (आईसीसी) मा सदस्य पदमा उम्मेदवारी दिनुभएको छ ।

२०१४ मा पहिलो पटक NRNA  अमेरिकाको सदस्य बनेका पौडेल २०१५ देखि २०१७ सम्मको कार्यकालमा एनसीसी बोर्ड सदस्य थिए । विधान कमिटीको वर्तमान संयोजक रहेका पौडेलले आसन्न निर्वाचनमा आईसीसी सदस्यका लागि उम्मेदवारी दिनुभएको हो ।

नेपालमा नै सरकारी सेवामा राम्रो अनुभव संगालेका पौडेलले अमेरिका पुगेपछि सोही पेशालाई निरन्तरता दिनु भएको छ । नेपाल र नेपालीको माया स्वदेशभन्दा प्रवासमा अझ बढी हुने पौडेलले बताए । युवा पुस्तालाई प्राविधिक सीप र ज्ञानले युक्त बनाउने उहाँको लक्ष्य छ ।नविन सीप र प्रविधिले नै आधुनिकता दर्शाउने उहाँको भनाइ छ । प्रविधिमैत्री बनाउन म केन्द्रीत हुनेछु,’ उहाँले भन्नुभयो । अहिले अमेरिकी नेपाली समुदायबीच उहाँ एक बौद्धिक र क्षमतावान व्यक्तित्वमा रुपमा परिचित हुनुहुन्छ ।

एनआरएनए आईसीसीलाई नेपालीको साझा चौतारीको रुपमा विकास गर्ने अठोटका साथ अघि बढ्दै आउनु भएका पौडेलले आफू सधै नेपाल र नेपालीको हितमा लड्ने, अवसरहरू सिर्जना गर्ने लक्ष्यका साथ अघि बढेको बताए । अमेरिकाभरि छरिएर रहेका सबै वर्ग, धर्म, जातजाती, लिङ्गलाई समेट्दै एउटै संजाल बनाउन लागि पर्ने उहाँको भनाइ छ । ‘अमेरिकी नेपालीको साथ र सहयोगबाट म एनआरएनए आईसीसीको सदस्य पद्मा निर्वाचित भएमा नेपाल र प्रवासी नेपालीबीच प्रत्यक्ष सहयोग र समन्वय गर्ने वातावरण सिर्जना गर्नेछु,’ उहाँले भन्नुभयो ‘नेपालीका लागि नेपाली नै’ भन्ने मूल मन्त्र बोकेर म चुनावी मैदानमा उत्रिएको हो ।’ प्रवासी नेपालीहरूलाई एकत्रित गर्दै नेपालको कला, धर्म, संस्कृति, पर्यटनको विकासमा टेवा पु(याउने उहाँले चुनावी एजेण्डा छ ।रामेछाप जिल्लामा जन्मेर पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इञ्जिनियरिङमा स्नातक गरेका पौडेल सन् २०१२ देखि अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा बस्दै आउनु भएको छ ।

उहाँ कलेज पढ्दा नेपाल विद्यार्थी संघ एकाइ समितिको अध्यक्ष नै हुनुभएको थियो । यति मात्र होइन पौडेलको विद्यार्थी जीवन सक्रिय राजनीतिमा वितेको थियो । पढाइ सकेपछि भवन विभागमा उहाँले पेशागत कार्य सम्पादन समेत गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -