- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रातो हाब्रे पदमार्ग घोषणा

April 18, 2019
1966
Shares
- ADVERTISEMENT -

रसुवा, वैशाख ४ गते । प्रदेश नं–३ का उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले स्याफ्रुदेखि लाङटाङ क्याङ्जेनसम्मको पर्यटकीय पदमार्गलाई रातो हाब्रे ‘रेडपाण्डा’ पदमार्ग घोषणा गर्नुभएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र समिति र गोसाइँकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा धुञ्चेमा सञ्चालित १०औँ हाबे्र संरक्षण दिवस एवं सातौँ लाङटाङ पर्यटन तथा संरक्षण उत्सवको उद्घाटन गर्दै मन्त्री नेपालले विशेष कार्यक्रमबीच रेडपाण्डा पदमार्ग घोषणा गर्नुभएको हो ।

विश्वमै दुर्लभ रातो हाब्रे रसुवामा भएको पुष्टी गर्दैै संरक्षणमा जागरण ल्याउने वन्यजन्तु संरक्षणविद् स्वर्गीय डा प्रल्हाद योञ्जनले पु¥याएको योगदानको कदर गर्दै समुद्री सतहबाट १४५० मि स्याफ्रुवेशीदेखि खाम्जीङ, घोडातबेला, सिमदोङ, हुँदै ३८७० मि क्याङजेन गुम्बासम्म २६ किमि दुरी भएको सो मार्गलाई ३ नं प्रदेश सरकारको निर्णय बमोजिम डा प्रल्हाद योञ्जन पदमार्ग घोषणा गरिएको मन्त्री नेपालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

सो पदमार्ग स्नोतरका लागि ३ नं प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरिसकेको समेत मन्त्री नेपालले जानकारी दिनुभयो । वन्यजन्तु संरक्षण विज्ञको रुपमा रहनु भएका डा योञ्जनले सन् १९८७ को अध्ययनबाट ६ महीनाको अवधिमा गोसाइँकुण्डको धार्मिक मार्ग अन्तर्गत चन्दनबारी क्षेत्रमा रेडपाण्डा भएको पुष्टी गरेपछि संरक्षण कार्य अगाडि बढेको र डा योञ्जन साइकल यात्राको क्रममा दुर्घटनाबाट ५६ वर्षको उमेरमा विंस २०६८ कात्तिक १४ गते काठमाडौस्थित सीतापाइलामा दुर्घटनाबाट ज्यान गुमाउनु भएको बताइएको छ ।

यस्तै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका रातो हाब्रे संरक्षणका लागि साझेदार संस्थाको सहयोगबाट विभिन्न कार्यक्रममार्फत संरक्षण कार्यलाई निरन्तरता दिइएको आयोजक संस्थाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

सन् २०२० को पर्यटन भ्रमण वर्ष सफल पार्न महोत्सवको माध्यमबाट जागरण ल्याउने उद्देश्यले संरक्षण दिवशको साथसाथै मिनिमहोत्सवकै रुपमा गाउँपालिका पर्यटन वर्ष समेत मनाउन शुरु गरी पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम समेत अगाडि बढाइएको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिनुभयो ।

यही १ गते देखि शुरु भएको महोत्वस ७ गते समापन हुने निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष टेम्पा नुर्पु तामाङले जानकारी दिनुभयो । गाउँपालिका भ्रमण वर्ष भने निरन्तररुपले अगाडि बढ्ने गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ ।

यसैबीच संरक्षण कार्यमा लामो समयदेखि सञ्चारको माध्यमबाट योगदान पु¥याएवापत राससका स्थानीय समाचारदाता ज्ञानेन्द्र न्यौपानेलाई सम्मानित गरिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षण कार्यमा महत्वपूर्ण योगदान पु¥याएवापत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल उहाँलाई सम्मान गर्नुभएको हो ।

स्याफ्रु–मैलुङ सडक मर्मत

सवारी साधन गुढाउन असहज भएपछि नेपाली काङ्ग्रेसले स्याफ्रु–मैलुङ खण्डको अन्तर्रास्ट्रिय राजमार्गमा सुधारका कार्य अगाडि बढाएको छ ।
काङ्ग्रेस रसुवाले दिएको जानकारी अनुसार स्याफ्रबेंशी नजिक छोकलदेखि मैलुङसम्मको १७ किमि दुरीको भू–भागमा गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुवेँशी सडक सुधार आयोजनाले गरेको सुधारका काम यथेष्ट नभएपछि सुधारको कार्य अगाडि बढाइएको हो ।

अन्तर्राष्ट्रिय राजमार्ग सहज तरीकाले सञ्चालन गर्न सांसद मोहन आचार्यले निःशुल्क दिनु भएको निजी स्काभेटर सहयोग र जिल्ला पार्टी सभापति पेम्वाछिरिङ तमाङ तथा पार्टी सचिव सुनावाङ्दी तामाङको अगुवाइमा राजमार्गको सुधार कार्य थालनी भएको छ ।

राजमार्ग सुधारको कार्यअन्तर्गत भार्खु पुछारको तातोपानी भीरमा पहिरोले पुरेको उकालो सतहलाई होचो बनाउनुको साथै बढी मात्रामा सवारी चालकले असहज मानेको धुञ्चे तलको त्रिशूली नदीदेखि छोकलसम्मको करीब पाँच किलोमिटर भू–भागका राजमार्गको अधिकांश ठाउँमा सतह मिलाउनुको साथै ग्राबेलसमेत गरिएको छ । अन्य ठाउँको सुधारका लागि अझै केही दिन लाग्ने पार्टी सभापति पेम्वाछिरिङ तामाङले जानकारी दिनुभयो ।

यस्तै धुञ्चे तल त्रिशूली नदीमा पक्की पुल निर्माण नहँुदा नदीबाट सवारीसाधन तार्नुपर्ने समस्या हल गर्न आफ्नो दलले ह्युमपाइपको व्यवस्था मिलाउन लागेको समेत सभापति तामाङले बताउनुभयो । उहाँका अनुुसार कार्यारम्भमा मैलुङदेखि नै गएको वर्षायाममा ठाउँठाउँको पहिरोले थुपारेको अवरोध भने पहिलो चरणमा हटाइसकिएको छ ।

आफ्नो दलले गरेका कार्यप्रगति पारदर्शी गर्न रसुवामा क्रियाशील पत्रकारलाई स्थलगत रूपमा अवलोकन गराइसकिएको नेका जिल्ला पार्टी सचिव सुनावाङ्दी तामाङले बताउनुभयो । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने एक मात्र अन्तर्राष्ट्रिय राजमार्ग सुधारका लागि सांसद मोहन आचार्यको स्काभेटर र मेसिन सञ्चालनका लागि आमाछोदिङ्मो गाउँपालिकाले उपलब्ध गराएको डिजेल सहयोगले सामाजिक हित भएको स्थानीयवासीले बताएका छन् ।

यसैगरी बेत्रावती धुञ्चे स्याफ्रु राजमार्गअन्तर्गत गत भदौमा धुञ्चे नजिक त्रिशूली नदी छेउको पहिरो व्यवस्थापन गर्न समेत सांसद मोहन आचार्यद्वारा निःशुल्क रूपमा प्रदान गर्नुभएको स्काभेटर सहयोगले राजमार्ग सुचारू गराइएको बताउँदै पूर्व प्रशासक कृष्ण पौडेलले ग्रामीण सडक निर्माणमा समेत आचार्यको स्काभेटर सहयोग महत्वपूर्ण रहेको जानकारी दिनुभएको छ ।

धैवुङधुम्ती नजिक धोबिखोला जिवजिवे, प्राङ्से, ज्याङलाङ, लोकिल, कैदलटार जस्ता थुप्रै स्थानको सडक सुचारू गर्ने कार्यको साथै ठाउँठाउँमा खेलमैदान निर्माण, आफ्नो कला संस्कृति जीवन्त राख्न समयसमयमा जिल्लाका विभिन्न स्थानमा हुने संस्कृति कार्यक्रममा समेत सांसद आचार्यले उल्लेखनीय सहयोग गर्नुभएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -