के पी भट्ट, कनेटिकेट अमेरिका, एप्रिल १७, २०१९ । एनआरएन अमेरिका को २०१९-२०२१ को चुनावी कार्य-तालिका सार्वजनिक भएसगै केन्द्रदेखि च्यापटरसम्म उमेदवारी घोषणा संगै मनोनियन दर्ता सुरु भएको छ ।
पुर्बी तटीय राज्य कनेटिकेटमा दुई उमेदवारले आफनो उमेदवारी घोषणा गर्नु भएको छ । लामो समयदेखि कनेटिकेटमा बसोबास गर्दै आउनु भएको रामचन्द्र रेग्मी र हरि प्रसाद जोशीले आफनो उमेदवारी घोषणा गर्नु भएको हो ।
दुवै उमेदवारले सामाजिक सन्जाल मार्फत उमेदवारी घोषणा गर्दै आफु बिजय भएमा गैर-आवसीय नेपालीको समस्या र कनेटिकेटमा बसोबास गर्ने नेपालीको समस्या केन्द्रित भएर काम गर्ने बताउनु भयो । दुवै उमेदवार आफु विभिन्न सामाजिक संघ संस्थामा लामो समयदेखि नेपाली समुदायको हक़ हित मा काम गर्दै आयकोले आफु निवार्चित हुने दाबी गर्नुभयो ।
के पी भट्ट
अमेरिका