२०८३ जेठ ३, आइतबार
५:३९:३१ बेलुका
- ADVERTISEMENT -

न्युयोर्कमा मे १९ मा नेपाल डे परेड हुने

प्रकाशित मिति: २०७६ वैशाख २, सोमबार

865
Shares

के पी भट्ट April 14, अमेरिका न्युयोक । अमेरिकाको न्युयोर्क शहरमा नेपालीहरुको पहिचान र गौरवको रुपमा न्युयोर्कमा हुदै आएको नेपाल डे परेड यही मे महिनाको १९ तारिख म्यानहृटनमा हुने भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गणतन्त्र दिवस, बुद्ध जयन्ती र माउन्ट एभरेष्ट डे को अवसर पारेर न्युयोर्कमा नेपाल डे परेड हुदै आएको छ ।

यस पटक पनि परेड गर्नका लागी नेपाल परेड डे इन्कले शनिबार समुदायका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरी परेडको निम्ति स्टेरिङ समिति र कन्भेनर तोकेका छन ।

ज्याक्सनहाइटस्थित स्थानीय थकाली किचन रेष्टुरेन्टमा सम्पन्न उक्त बैठकमा ३ दर्जन भन्द बढि सहाभागीहरुको उपस्थिति थिए । उनीहरु मध्येबाट २९ जना स्टेरिङ कमिटिका सदस्यसंगै र कन्भेनरमा पुर्व कोकन्भेनर सतेन्द्र शाहलाई यस पटक कन्भेनरको रुपमा छानिएका छ ।

बैठक नेपाल डे परेडको पुर्व कन्भेनर रविकिरण कोइरालाले टाउनहल बैठकको लागी एक हप्ता अघिनै सार्वजनिक सुचना जारी गरि बोलाएका थिए ।

टाउनहल बैठकमा स्टेरिङ कमिटि चयनसंगै यस पटकको नेपाल डे परेड कार्यक्रम सफल बनाउन केही नेपाली संस्थाका प्रतिनिधिहरुसग जन सम्पर्क तथा सहजीकरण समितिले चाडै छलफल गरिने भएको छ ।

समितिमा पत्रकारहरु आङछिरिङ शेर्पा,किरण मरहट्टसंगै सस्थाका प्रतिनिधिहरु मिलन शाही, प्रभात सापकोटा, विजय सिम्खडा, सृजना स्याङतेन र विनिता तामाङ तामाङ रहेका छन । ३८ जना सहाभागी टाउनहल बैठकमा नेपाल डे परेडलाई निरन्तरता दिनका लागी चाडै बोर्ड गठन गर्ने बारेमा सबैको सहमति भएको थियो । ‘ नेपाल र नेपालीको गौरवको कार्यक्रम नेपाल डे परेड कार्यक्रम गर्ने बारेमा कसैले पनि चासो नदिएपछि हामीले टाउनहल मिटिङ बोलाएका हौ’ पुर्व कन्भेनर कोइरालाले भने—’ प्रवासमा मातृभुमी नेपाल र नेपालीको हितमा हुने यो कार्यक्रम गर्ने बारेमा कसैले पनि विवाद गर्नु हुदैन ‘ ।

कोइराला रिज्युउड नेपाली सोसाइटीका निवर्तमान अध्यक्ष एवं नेपाल डे परेडका कोकन्भेरन हुन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -