टोकियो, २५ चैत २०७५ । जापान भ्रमणमा रहेका नेपाली कांग्रेसका नेताहरुसँग जापानको टोकियोमा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी जिल्ला सभापती सुरेसचन्द्र भुशाल,नेपाली कांग्रेस बाग्लुङ बाग्लुङका निबर्तमान उपसभापती(कार्यबाहक सभापती) जगदिश चन्द उपाध्याय सँग जापानमा रहेका बाग्लुङे कांग्रेसहरुले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका थिए ।
कार्यक्रम जनसम्पर्क समिती जापानका निबर्तमान सभापती डिपी कडेलको सभापतीत्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन,जनसम्पर्क समिती जापान कान्तो क्षेत्रका निबर्तमान सभापती यदुराम सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा जनसम्पर्क समिती जापान छैठौ कार्यसमितीका सहमहामन्त्री प्रेम प्रसाद कडेलले स्वागत मन्तब्य राखेका थिए ।
नेपाली कांग्रेसका महासमिती सदस्य महेश कुमार श्रेष्ठ,महाधिबेसन प्रतिनिधी राजेन्द्र प्रसाद जमरकट्टेल,जनसम्पर्क समिती जापान छैठौ कार्यसमितीका उपसभापती,रामकृष्ण बम मल्ल,नवराज थापा,महामन्त्री रामजँग कार्की,जनसम्पर्क समिती जापान कान्तो क्षेत्रका उपसभापती दिपेस खत्री ,कान्तो क्षेत्रका संस्थापक सदस्य सागर प्रसाद कडेल लगायत ले नेपाली कांग्रेस पार्टी बर्तमान अवस्था र समसामयिक बिषयमा आफ्ना भनाई हरु ब्यक्त गरेका थिए ।
कार्यक्रममा जापानमा रहेका कांग्रेसहरु,जनसम्पर्क समितीसँग निकट ब्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो ।