जापान, १८ चैत्र २०७५ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापान हावाहुरी प्रभावीतको राहत संकलनमा जुटिरहेको छ ।

एनसिसी जापानले कम्तिमा पनि ५ लाख राहत संकलन गरि सहयोग गर्ने योजनाअनुसार अगाडि बढिरहेको एनआरएन जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

महासचिव घिमिरेका अनुसार उद्धार र राहतमा सहयोगको लागि अपिल गर्दै जापानबाट सबै मिलेर हातेमालो गर्दै कम्तिमा पनि ५ लाख सम्म सहयोग गर्ने गरि एनआरएन लागिपरेको हो ।

यसअघि एनआरएन जापान अध्यक्ष टाँसी वाग्दी लामाले एक प्रेस बिज्ञप्ति जारी गर्दै सहयोगको लागि सबैमा आह्रवान गर्नुभएको थियो ।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्