टोकियो, १८ चैत्र २०७५ । रामपुर जापान सम्पर्क मन्चको बार्षिक साधारण सभा जापानको टोकियोमा सम्पन्न भएको छ । स्थापनाको पहिलो बर्षमा मन्चको आयोजना गरेको बार्षिक साधारण सभामा रामपुरबासीहरुको बाक्लो उपस्थित रहेको थियो ।

पाल्पा जिल्लाको रामपुर नगरपालिकाबाट आएर जापानको बिभिन्न भू-भागमा छरिएर रहेका रामपुरबासिहरु सबैलाई एकत्रित गर्ने उद्देश्यले उक्त मन्चको २०१८/३/२७ गते स्थापना भएको थियो ।

स्थापनाको समयदेखि नै जापानमा रहेका रामपुरबासिहरुको पीर मर्कामा सहयोग गर्दै आएको यस मन्चको अबका केहि बर्ष भित्रमा रामपुर नगरपालिका भित्रमा केहि गर्ने अठोटका साथ अघि बढिरहेको कुरा यस मन्चका अध्यक्ष बिनोद आचार्यले बताउनु भयो ।

मन्चले आउदो आर्थिक बर्षसम्ममा जापानको सबै क्षेत्रमा क्षेत्रीय कार्यसमिति बिस्तार गरी रामपुरमा केहि लगानी गर्ने वातावरणको निर्माण गर्ने योजना रहेको कुरा मन्चकोका सचिब उमेश अर्यालले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्