२०८३ जेठ ५, मंगलबार
२:५९:०९ राति
- ADVERTISEMENT -

दुवै मृगौला गुमाएका अमृत भट्टराईलाई सहयोगको याचना

प्रकाशित मिति: २०७५ फागुन २९, बुधबार

1875
Shares

सान फ्रान्सिस्को, २९ फागुन २०७५ । एउटा सपना बोकेर आएर नेपाली युवा बेसाहारा भएर क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को शहरको एउटा अस्पतालमा जीबन मरणको दोसाधमा छन् ।

गोरखा जिल्ला भिमसेन गाउँपालिका वडा न १ साविकको मसेल गा।बि।स निबासी अमृत भट्टराई केहि बर्षदेखि क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा बसोबास गर्दै आइरहेका छन् ।

जन्मभुमीको दूरदराजबाट सपना बोकेर उच्च शिक्षाको प्रमाण-पत्र लिएर, प्रविधिको नगर सिलिकन भ्यालिमा जागिरे भएर आफु आउदा लागेका ऋण तिरेर परिवारको मुख हासो सजाउने अमेरिका आएका भट्टराई साधारण कामकाज जिन्दगी धान्दै आएका थिए । अमेरिका आउनुभन्दा पहिला गोर्खा जिल्लाको मध्य उत्तरीको घ्याम्पेसालमा अवस्थित रहेको श्री दुल्लभ मा बि बाट बिधालय स्तरको शिक्षा समाप्ति भए पश्चात् उच्च शिक्षा र रोजगारी दुबैका निम्ति काठमाडौं प्रबेश गरेका भट्टराई शिक्षासंगै पर्यटन सेवामा संग्लग्न भएका थिए ।

जीबन धन्न धौ धौ, महँगो काठमाडौँमा लामो समय बिदेशी पर्यटनलाई पथ प्रदशन, “टुरिस्ट गाइड” का रुपमा काम गरेका भट्टराई जीवनको एउटा रहर, हल्लाको सपनाको शहर अमेरिका आए । केहि बर्ष यतादेखि सान फ्रान्सिस्कोमा काम गर्दै बसोबास गरिरहेका भट्टराई दुवै मृगौलाले काम नगरेर गन्भिर रोगबाट हाल सान फ्रान्सिस्कोमा उपचारात छन् ।

अत्यन्त महँगो उपचार खर्च लगायत व्यक्तिगत एबम पारिवारिक समस्याले आक्रान्त भट्टराइको जीबन बचाउन दुवै मृगौलाको आवश्यकता पर्दछ । सग्लो जीबन मृत्यु प्रयन्त मृगौला दान गर्ने घोषणा गरेका मान्छेका मृगौला मात्र उहाले प्राप्त गर्न सक्नेछन् । भट्टराइको उपचारको सेवामा रातोदिन लागि परेका उहाका समाजसेबी गाउले बिश्व भट्टका अनुसार उनको दुवै मृगौला प्राप्त गर्न अमेरिकाभर यसै समस्याले अपचारत करिब ८७००० (सतासी हजार ) बिरामीपछि मात्र उनको पालो आउनेछ । यो भन्दा बरु अमेरिका पढ्ने र अगाडी बढ्ने उनको सपनाभन्दा भारतमा लगेर उपचार गराउन बढी श्रेयस्कर हुने हुनाले हामी उपचार खर्चको जोहो गरेर भारत उपचारका लागि पठाउने निर्णयमा पुगेका छौ, भट्टले बताए ।

” गोर्खामा जन्मिएर मात्र होइन, प्रवासमा एउटा नेपालीलाई परेको यो आघातमा मलम लगाउनु हामी सबैको कर्तब्य हो, बिरामी भट्टराईका अर्का मित्र सामाजिक अभियान्ता हेमराज भट्टले भन्नूभयो । ‘सामुदायीक सेवा र रवाफका लामा भासण गर्ने समाजसेबीको आवश्यकता छ, भट्टराई लाई ।

गोरखामा जन्मिएका हाम्रो गाउले भाइ भएर मात्र म यो भनिरहेको छैन । एक छाक काटेर सहयोग गरिदिन हुन् अमेरिका भरका सामाजिक अभियान्ताहरुलाई मेरो बिनम्र अनुरोध रहेको छ । एक थुक सुकी, सय थुक नदि, भट्ट अगाडी थप्छन ।

भारतमा यो उपचार सम्भब र कम खर्चिलो हुने हुदा भट्टराईलाई भारतमा उपचार गर्न करिब पचास लाख रुपैयाको आवश्यकता पर्नेछ ।गोफ़न्ड मार्फत करिब १० लाख रकम जम्मा भएको तर गोफ़न्ड लिंक छिट्टै बन्द गर्नुपर्ने बाद्यता भएकोले एक हाप्ताभित्र यत्रो रकम जुटाउन सबैको सहयोगको आवश्यकता रहेको छ ।

अमेरिकामा बढ्दो नेपाली जनघनत्वसंगै यस्ता समस्याहरु आउदछन्, बिभिन्न राज्यहरुमा । तर मन हुनेले एक मात्र छाक काटेर समस्याले आक्रान्त पारेकाहरुलाई एकै छेउ सहयोग गरिदिए पनि थोरै थोरै संकलनले धरै हुनेछ, र समस्यामा रहेकाहरुलाई ठुलो राहत पुग्नेछ ।

आउनुहोस् , दुबै मृगौला गुमाएर जिबन गुमाउने दोसाधमा रहेका भट्टराईको आखामा सम्भावनाका किरणहरु दिऔ, सकेको थोरै सहयोग गरौ । बाकी जीबन उनले जिउनेछन ।

सहयोगका लागि तलको लिंक

https://www.gofundme.com/synd6?

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -