टेकियो, २६ फागुन २०७५ । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा बिदेशी भुमी प्रवासमा रहेका महिलाहरुले जापानको टेकियोस्थित सिनओकुबोमा एक कार्यक्रमको आयोजना गरी नारी दिबस मनाएका छन् । “लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार” भन्ने मूल नाराका साथ १०९ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएका हुन ।

आफ्नो ब्यस्त समयका बाबजुत पनि बिदेशी भूमिमा रहेर बिभिन्न सामाजिक कार्यमा अग्रसर रहेका महिलाहरुको पहलमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त अवसरमा बिभिन्न पेशा तथा व्यवसायमा आबद्द हुनुभएका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कमला लम्साल काप्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजसेवी एवम् सफल यूवा ब्यवसायी महेश कुमार श्रेष्ठ, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, महिला पत्रकार पबन बर्षा शाह लगायत अन्य अतिथि महानुभाबहरुले नारी अधिकारको वारेमा आफ्ना भनाईहरु राख्नु भएको थियो ।

सोही अवसरमा एन आर एन ए जापानका महिला उपाध्यक्ष अनिता गुरुङ, महिला फोरम संयोजक सबिता श्रेष्ठ, नयाँ शक्ति प्रवास महिला संयोजक सरिता ढकाल, बिभिन्न पार्टीका प्रवास संगठनका प्रतिनिधीहरु, पत्रकार लगायत बिभिन्न ब्यक्तिहरु उपस्थित रहेको थियो ।

नारी दिबसको अबसरमा वक्ताहरुले “समाज परिवर्तनमा नारीको महत्व प्रबासमा बसेर महिलाहरुले भोग्नु परेका समस्या र समाधान उपाय” का वारेमा आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रम नान्सु पाण्डेले संचालन गर्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्