२०८३ जेठ ३, आइतबार
५:३९:०५ बेलुका
- ADVERTISEMENT -

पाल्पालीको सहारा बन्दै जापानिज नागरिक ओकेबाजे

प्रकाशित मिति: २०७५ फागुन २३, बिहीबार

935
Shares

बेझाड, पाल्पा, २३ फागुन २०७५ । जापानी नागरिक काजुमासा काकीमी ओकेबाजेका नामले चिनिनुहुन्छ। आफ्नो जीवनको २५ वर्ष उहाँले पाल्पाका ग्रामीण वस्तीमा निरन्तर रुपमा सामाजिक सेवामा बिताउनुभयो ।

पाल्पालाई कर्मथलो बनाएर २०५० सालदेखि यहाँको सामाजिक विकासमा ठूलो सहयोग पु¥याउँदै आएका उहाँले गरीब, दुखी, विपन्न, असहाय वर्गको साहारा बन्नुभएको छ । त्यतिमात्र होइन, गरीब, विपन्न, दलित, अल्पसङ्ख्यक वर्गका परिवारमा अभिभावकको जिम्मेवारीसमेत निर्वाह गर्दै आउनुभएको छ । आफ्नो जीवनको २५ वर्ष गरीब तथा विपन्न वर्गको अभिभावक बन्न पाउँदा उहाँ खुशी हुनुहुन्छ ।

घुम्नका लागि २५ वर्ष अघि नेपाल आउनुभएका ओकेबाजे पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको ढोलीमारामा वास बस्न थाल्नुभयो । बसोवास गर्ने क्रममा यहाँका बालबालिकाको दयनीय अवस्था, अशिक्षा, गरीबी र फोहोरीपन देखेपछि यहीँ बसेर उनीहरुको सेवपा गर्ने अठोट उहाँले लिनुभयो ।

गरीबी र आर्थिक समस्याका कारण विद्यालय हातासम्म पुग्न नसकेका बालबालिकालाई शिक्षाको ज्योती दिने र औषधी उपचार गर्नेदेखि लिएर गाउँका विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष र पुस्तकालय स्थापना, आयमुलक काम, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा उहाँले ठूलो धनराशी खर्च गर्नुभयो ।

ओकेबाजेको सहयोगमा पाल्पामा दुई विद्यालयका भवन निर्माण भएका छन् । जापानका विभिन्न व्यक्ति, संघ संस्थाबाट रकम माग गरेर गरीब, असहाय, दलित परिवारको शिक्षा, औषधी उपचार, भवन निर्माण, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा विभिन्न सहयोग प्रदान गर्नुभएको छ । शिक्षण पेशाबाट सेवानिवृत्त भएका ओकेबाजेले पाल्पाको सामाजिक क्षेत्रको विकासमा उल्लेखनीय कार्य गरेको स्थानीयवासी बताउँछन् ।

ग्रामीण भेगका गरीब, दुखी जनतालाई सेवा गर्न पाउँदा आफूलाई निकै आनन्द लाग्ने गरेको ओकेबाजेले बताउनुभयो । “मलाई गरीब र विपन्न वर्गका लागि सेवा गर्न पाउँदा अत्यन्तै आनन्द लागिरहेको छ, बेला बेला जापान जान्छु, त्यहाँका विभिन्न संस्था र व्यक्तिहरुसंग सहयोग रकम मागेर यहाँको सामाजिक उत्थानका लागि खर्च गर्ने गरेको छु” उहाँले भन्नुभयो ।

सुरुमा नेपाली भाषा नबुझेपछि नागरिकले जे सोधे पनि ‘ओके –ओके’ भनेर जवाफ फर्काउने गर्नुहुन्थ्यो । त्यसैले स्थानीवासीमा उहाँ ओकेबाजेको नामले चिरपरिचित हुनुहुन्छ । अहिले उहाँ नेपाली भाषा मज्जाले बोल्नुहुन्छ । उमेर ढल्किदै गएपनि उहाँको सामाजिक क्षेत्रमा काम गर्ने चाहना अझै बढ्दै गएको छ ।

पाल्पाली र समग्र नेपालीको मायाको साइनोलाई आफूले कहिल्यै पनि भुल्न नसक्ने उहाँ बताउनुहुन्छ । ओकेबाजेले चार वर्ष अघि नै नेपालका लागि आवासीय प्रवेशाज्ञा प्राप्त गरिसक्नुभएको छ । सबैलाई हसाउने र खुशी पार्ने ओकेबाजे यहाँका सर्वसाधारणको मनमस्तिष्कमा बस्न सफल हुनुभएको रामपुरका लेखनाथ शर्मा मरासीनीले बताउनुभयो ।

ओकेबाजेलाई नागरिक अभिनन्दन गरिँदै
ओकेबाजेको काम र लगनशीलताको उच्च कदर गर्दै पाल्पालीले आउँदो फागुन ३० गते सदरमुकाम तानसेनस्थित टुडीखेल मैदानमा नागरिक अभिनन्दन गर्ने भएको छ ।

पच्चीस वर्षसम्म निरन्तर रुपमा पाल्पामा बसेर निस्वार्थ भावनाले यहाँको सामाजिक तथा आर्थिक विकासमा उल्लेखनीय योगदान पु¥याएवात ७९ वर्षीय ओकबाजेलाई नागरिक अभिनन्दन गर्न लागिएको सो समितिका संयोजक सुन्दरप्रसाद श्रेष्ठ बताउनुहुन्छ ।
उहाँको नागरिक अभिनन्दन कार्यक्रममा जापानका ७० भन्दा बढी नागरिकको सहभागिता हुने पनि उहाँले जानकारी दिनुभयो । कार्यक्रममा जापानी र नेपाली संस्कृतिको प्रदर्शनसमेत गरिने समितिका सचिव देवराज देवकोटाले जानकारी दिनुभयो । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.38
179.08
GBP
UK Pound Sterling
1
204.95
205.75
CHF
Swiss Franc
1
195.12
195.89
AUD
Australian Dollar
1
109.73
110.16
CAD
Canadian Dollar
1
111.47
111.91
SGD
Singapore Dollar
1
119.81
120.28
JPY
Japanese Yen
10
9.67
9.71
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.04
42.21
THB
Thai Baht
1
4.70
4.72
AED
UAE Dirham
1
41.73
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.26
16.32
DKK
Danish Kroner
1
23.87
23.96
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -