टोकियो, १९ फागुन २०७५ । समृद नेपाल निर्माण अभियान, जापानको आयोजनामा, सभापति महेश कुमार श्रेष्ठको सभापतित्वमा, पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका युवा नेता माननीय श्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा ‘समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीहरुको भूमिका’ बिषयमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जापान स्थित संघ सस्थाका व्यक्तित्व, बुद्धिजीबी, पत्रकार, बिधार्थी, ब्यवसायी तथा विभिन्न क्षेत्रमा संग्लग्न हुनुभएका जापानबासी नेपालीहरुको बाक्लो उपस्थितिमा कार्यक्रम शिनओकुबो, टोकियोमा भब्य रुपमा भएको थियो ।

युवा नेता माननीय श्री गगन कुमार थापाले आजको युगमा सबैभन्दा महत्वपुर्ण भूमिका शिक्षा र स्वास्थ्य रहेको बताउनु भयो । शिक्षा र स्वास्थ्य बिना जहा गएपनि सफल नहुने भन्दै सबैतिर शिक्षा र स्वास्थ्यलाई लागु गर्नु पर्ने जोड दिनुभयो ।

आजको युगमा आफुले मन परेको क्षेत्र रोजेर काम गर्नु पर्ने अवस्थाम हाम्रो देश नेपालमा बिना योजना, इच्छा विपरीत पेश बढी भएको कारणले समृद्ध नेपाल निर्माण हुन् नसकेको बताउनु भयो ।

देशमा आर्थिक रुपमा कसरी समृद बनाउन, समृद हासिल गर्न सकिन्छ । हामीले आफुले मनले चाहेको पेशा अंगाल्न नचाहने र आफुले चाहेको फिल्डको बारेमा जानकार नभई शिधा काम गर्नाले काममा असफल हुने गरेको बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्