हार्टफोर्ड,कनेक्टिकट, मार्च २६, २०१९ | एन.आर.एन.अमेररकाको आसन्न निर्वाचन बर्ष २०१९-२०२१ अवधिका लागि कनेक्टिकट (न्यु इंग्ल्याण्ड क्षेत्र ) बाट राज कुमार श्रेष्ठको लागि Board of Directors पदमा उम्मेदवारी घोषणा भएको छ ।
राज कुमार श्रेष्ठले विभिन्न प्रकृतिका रास्ट्रिय, अन्तरास्ट्रिय एबम स्थानीय सघं सँस्थाहरुमा नेपाल र अमेररकामा गरी तीन दशक भन्दा बढी विभिन्न पदीय जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गरी सक्नु भएको छ । श्रेष्ठले एन.आर.एन, एन.सी.सी अमेरिकाको बर्ष २०१३-२०१५ को अवधिमा एजुकेशन कमिटि र मेम्बरसिप ग्रेथ कमिटिको सदस्य रहेर पनि कार्य सम्पादन गरि सक्नु भएको छ ।
औपचारिक शिक्षामा एम.बि.ए सम्मको अध्ययन पुरा गरिसक्नु भएका श्रेष्ठले विभिन्न बिषय र विधामा तालिम प्राप्त हुनुहुन्छ । नेपालमा दुइ दशकमा भन्दा बढी समय हजारौ स्वदेशी तथा बिदेशी व्यक्तित्वहरुलाई तालिम प्रदान गरि सक्नु भएको छ । श्रेष्ठ एन.आर.एन अमेररकामा आफू निर्वाचित भई सेवा गर्ने अवसर पाएमा आफुले रास्ट्रिय, अन्तरास्ट्रिय एबम स्थानीय सघं सँस्थाहरुमा प्राप्त गरेको अनुभवलाई नेपाली डायस्पोरामा सदुप्रयोग गर्ने बताउनु भएको छ ।
नेपालमा दईु दशकभन्दा बढी समय अमिरिकाका विभिन्न कलेज, युनिभर्सिटीहरुबाट नेपालमा संचालित Study Abroad (अमेररकन बिधार्थीहरुले नेपालमा सेमेस्टर पढाइ सम्पन्न गर्ने ) कार्यको कुशलता पुर्बक नेतृत्व गरिसक्नु भएका श्रेष्ठले विशेष गरी इन्टर कल्चरल म्यानेजमेन्ट, तालिम, अर्गनाइजेशन डेभलपमेन्ट, लिडरशिप एबम प्लयानिंग सम्बन्धमा दक्षता राख्नुहुन्छ । बर्तमान समयमा एन।आर।एन। अमेररकाले गर्न आवश्यक कुराहरुलाई पाच वटा बुदामा प्रस्तुत गरिएको छ ।
१ गतिशील एन आर एन
२ सदस्य मैत्री एन आर एन
३ पारदर्शी एन आर एन
४ संयोजित नियमबद्द एबम प्रतिभाशाली एन आर एन
५ अनुसन्धान, बिकाश एबम तालिमको प्रारम्भ एन आर एन
श्रेष्ठको बिचारमा, संघ सँस्थाहरु बिग्रिनुमा संघ सँस्थाको भिजन, मिशन एबम उदेश्य अनुरुप कार्यक्रम सिर्जना गर्न नसक्नु र ग्रासरुट तह (grassroot level) सम्म सेवा सुबिधा पुर्याउन नसक्नु पनि एउटा कारण हो । एन.आर.एन लाई सुधार गर्न सकिने अथवा सम्भावना देख्नु हुने राज कुमार श्रेष्ठ एन.आर.एन, एन.एन.सी अमेरीकालाई सदस्यमैत्री र सदस्यहरुको चाहना अनुरुपको बनाउन सबैको सहकार्यमा एक कार्यकालको प्रयासले नै सम्भब हुने बताउनु हुन्छ ।
श्रेष्ठको बिचारमा, कुनै पनि संघ सँस्थाले सदस्यहरुलाई संघ सँस्थाप्रति अपनत्वको भाबना र यसका विभिन्न योजना, परियोजना एबम कार्यक्रमहरुमा स्वामित्वको भावनाको जागरण गराउन सक्ने बाताबरण निर्माण गर्न अवस्यक हुन्छ ।
एन आर एन, एन एन सी अमेरिकाप्रति धेरै नै आशिर्वाद रहेका श्रेष्ठ असल नेतृत्व चयन भएमा यो संसारको उत्कृट सस्था हुने र मान्छेहरु यसको सदस्य बन्न लालायीत हुने बताउनु हुन्छ ।