अमेरिका, ४ चैत्र २०७५ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा कृष्ण जिवी पन्थले उपाध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका छन् ।
तनहुं जिल्लाको घांसीकुवामा जन्मिएका पन्थ नेपाल हुँदै देखि सामाजिक कार्यमा सक्रिय व्यक्तित्व हुन् । नेपालमा रहंदा समाज कल्याण मन्त्रालयको सहयोगमा युसेप नेपालद्वारा संचालित नेपालको पहिलो बाल सुधार गृह, सानोठिमी, भक्तपुरमा संयोजकको रुपमा काम गर्नु भएको थियो ।
बाल सुधार गृह नेपालका विभिन्न अभियोगमा जेलबन्दी बिताईरहेका १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई जेलबाट मुक्त गरी सुधारगृहमा राखी शिक्षा, स्वास्थ्य, बालअधिकार पैरवी तथा सामाजिक पुन:थापन जस्ता गहन सवालहरुमा काम गर्ने संस्था हो ।
उहाँले यो परियोजना स्वीकृत, संचालन तथा कार्यन्वयनका साथै कुशल व्यवस्थापकको रुपमा एक दशकसम्म नेतृत्वदाई भूमिका निर्वाह गर्नु भएको थियो । साथै नेपालको “युनेस्को अभियान” मा सक्रिय भूमिकामा रहनु भएको थियो । त्यसैगरि नेपालमा भएका हरेक प्रजातान्त्रिक आन्दोलनहरुमा उहाँको विशेष योगदान रहेको थियो ।
अमेरिका आएपछि पन्थ डिसी महानगर क्षेत्रमा ब्यबसाय गर्दै आएका सरल स्वभावका व्यक्ति हुन्। नेपालीहरुका विभिन्न संघ-संस्थाहरुमा नजिक रहेका पन्थ गैरआवासीय नेपाली संघको अभियानमा पनि उत्तिकै रुपमा सकृय छन्। निर्वाचनमा आकांक्षी पन्थले आफ्नो क्षेत्रमा घर-दैलो नै गरेर सदस्य बन्न प्रेरित र सहयोग गरेका थिए। पन्थका आफन्त, साथी र सपोर्टहरुले अमेरिकाको थुप्रै शहरहरुमा उनको सपोर्टमा सदस्यहरु बन्न प्रेरित गरेको र बनाएको खबर प्राप्त भएको छ ।
उहाँले बाल्टिमोरको हिन्दु-बुद्ध मन्दिर स्थापनाका लागि चालिएको महाअभियानमा व्यक्तिगत तथा सामुहिक रुममा ठुलो योगदान गरेका थिए । हाल उनी सो मन्दिरका ट्रष्टी समेत रहेका छन् । त्यसैगरी उहाँले बाल्टिमोर एसोसीयसन अफ नेपालिज इन अमेरिका (बाना ) को सामुदायिक भवन बनाउन समेत सहयोग गरेका थिए। पन्थ बानाको सल्लाहकार तथा सामुदायिक भवनको ट्रष्टी हुन्। समाजसेवी भावनाका पन्थले नेपालमा बिधालय, बालसुधार गृह तथा बृद्धाश्रमहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
हाल नेपालीहरुलाई “व्यवसायको स्वामित्व आफैं लिउँ” भन्ने अभियानका साथ इण्टर्प्रेनरको रुपमा अगाडी बढ्न उत्प्रेरित गर्दै आएका छन। उनले सामान्य र थोरै लगानीमा पनि पार्टनर बनाएर उनीहरुको मनोबल बढाउंदै लगेका छन्। समाज मिलाउन र जोडेर लैजाने कार्यमा पन्थ एउटा असल नमुना मानिन्छन ।