सिड्नी, फागुन १४

अस्ट्रेलियाको समुद्रमा एक नेपाली पुन बेपत्ता भएका छन् । समुद्री तटमा एक नेपाली मृत भेटिएको केही साता लगत्तै अर्का नेपाली पनि बेपत्ता भएका हुन् ।

स्थानीय च्यानल सेभेनले दिएको समाचार अनुसार सिड्नीबाट करिब सय किलोमिटरको दूरीमा रहेको समुन्द्री तटमा पौडी खेल्न गएका एक नेपाली विद्यार्थी समुन्द्रमा बेपत्ता भएका हुन् । सिड्नीको रोयल नेशनल पार्कमा रहेको फीगर एट पुल्स भन्ने समुन्द्री पोडी पोखरी नजिकै सो घट्ना घटेको जनाएको छ।

साथीसँग घुम्न गएका २२ वर्षिय किङ्स वन इन्सीच्यूटमा पढिरहेको नेपाली युवा चेतन सापकोटा पौडी खेल्ने क्रममा समुन्द्रमा बेपत्ता भएपछि उनको खोजी कार्य जारी रहेको स्थानीय प्रहरीले जनाएको छ।

न्युसाउथवेल्सका माहाबाणिज्यदूत दिपक खड्काले हराइरहेको ब्यक्ति नेपाली विद्यार्थी चेतन सापकोटा भएको र उनको परिवारसम्म पुग्ने कोशिश गरिरहेको बताउनु भयो । अस्ट्रेलियाको समुन्द्री तटमा पौडी नजानेका कारण दुर्घटनामा परि पछिल्लो वर्ष मात्र करिब आधा दर्जन नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्