जापान, ११ फागुन २०७५ । नेपाली कांग्रेसका प्रभावशाली नेता,पार्टी केन्द्रिय सदस्य तथा सँघिय संसदका माननिय सांसद,पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा जापान आउनु हुने भएको छ ।
जापानिज संस्थाको निमन्त्रणामा मार्च २ तारीक मा जापान आउदै हुनुहुन्छ ।
नेपाली समुदायसँग भेटघाट गर्नको लागि मार्च ३ तारीक मात्र उहाँको समय रहेको हुदाँ नेपाली जनसम्पर्क समितीको आयोजनामा उहाँ सँगको भेटघाट र छलफल कार्यक्रम गरिने भएको छ ।
जापानबासी नेपालीहरुलाई टोकियोमा हुने उक्त ३ तारिक दिनको कार्यक्रमको लागि समय जुटाईदिनुहुन सबैमा अनुरोध गरिएको छ ।