६ फागुन २०७५ ।

श्री पशुपती शर्माज्यु नमस्ते तथा सांगितीक अभिवादन🙏🏼

तपाईले अमेरिका यहीँ जापान पनि यहीँ भनेर गित निकाल्दै गर्दा, तपाईको गित मन त पराईयो सुनियो ,तर गितको भावले भनेको कुरा बिश्वास गरिएन, र त्यती बेलै जापानतिर लागियो । म पनि गित सिर्जना गर्ने गाउने सानोतिनो लोकपारखी त थिए,तर तपाईलेजस्तो अमेरीका र जापान बेलायत जस्तो सम्भावना नदेखेरै आफ्ना सिर्जनाहरु मनमै राखेर, पसिना बेच्न जापान छिरेको मान्छेले,जापान आए पश्चात पनि तपाईका सयौ उत्कृष्ट सिर्जना सुनेर, समय हुँदा त्यही संगितमा रमाउने गर्छु ।

किर्केट खेल्न जान्छु होस् या भारतले नाकाबन्दी लगाउदा गाएको स्वाभिमानी नेपाली होस् या दिन दुखी गरिब नेपालीका गित होस्, परदेशीका गित होस् माया प्रेमका गित होस सबै गितहरु सुन्ने गर्छु । म तपाईको एउटा परदेशमा रहेको श्रोता हुँ ।

यतीबेला तपाईको लुट कान्छा लुट गित सुन्दा लाग्यो, अब तपाई पनि नेपालमा निराश भैसक्नु भएछ, म जस्तै,लाखौ परदेशीएका नेपाली जस्तै…..तर तपाई निराश हुनुहुन्न गित हाम्रो लागि गाईदिनु भयो, करोडौ नेपालीको लागि गाईदिनु भयो, केही राजनितीक पार्टीका कार्यकर्ता बाहेक, तपाईको गित सबैको मोबाईलमा, टोल-टोलमा, गाँउ-शहरमा परदेशमा गुन्जिरहेको छ,सबैका फेसबुक वालमा सेयर भएको छ, बिडम्बना तपाईको युटुबबाट हटेको छ तर तपाईलाई गाली गर्ने संगठनकै केही मान्छेहरुले आफ्नो युटुबमा तपाईको सिर्जना राखेर ब्यापार गरिरहेका छन् ।

यही हो लुट भन्या,
हो तपाईले पोखेको गुनासो र हाम्लाई लागेको पनि यही हो, तपाईको गित २००% सही छ, कुनै शब्द पनि गलत छैन,भर्ष्टचारको,बिकृती बिसङ्गती विरुद्ध आवाज उठाउनु, बोल्नु तपाई या कसैको अपराध होइन । जे भएको छ त्यही सिर्जना लेखेर गाँउदा कसलाई के आपत्ती,?

कांग्रेसका कार्यकर्ताले,नेकपाका कार्यकर्ता कुकुरजस्तो भुक्छन भनेर, अरिङ्गाल भनेर आलोचना गर्न हुने, नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्ता कुकुरजस्तै भुक्छन भनेर आलोचना गर्न हुने तर एउटा स्वतन्त्र कलाकारले भ्रष्टाचार, अन्याय, बिसङ्गती विरुद्ध बोल्दा सबै राजनिती पार्टीका नबुझी ट्याउ ट्याउ गर्ने कार्यकर्तालाई कुकुरजस्तै भुक्छन भनेर आलोचना गर्न किन नपाउने ? आलोचना गर्न र आलोचना सुन्न पार्टीको झन्डामुनी नै बस्नु पर्ने हो ? स्वतन्त्र भएर आलोचना गर्दा आलोचना सुन्न नसक्ने नै तपाईले भनेका राजनितीक पार्टीका कार्यकर्ता हुन, तपाईको गितमा यो पार्टी र उ पार्टी भनिएकै छैन त तपाईको के दोष, के गल्ती अनि यमराजको शासन भन्नु कुनै गल्ती हैन । यमराज भन्या धर्म ग्रन्थदेखी ब्यबाहारीक जिवनमा समेत प्रयोग हुने नाम हो, राजाकोजस्तो निरँकुश शासन भयो भने यमराजको जस्तो शासन भन्ने चलन छ । संसदमा प्रतिपक्ष दलको नेता ले सांसदले सरकारको नेत्रित्वलाई यमराज भन्दा सुन्न पचाउन सक्ने एउटा गायकले गितबाट यमराज भन्दा पचाउन नसक्ने ?

लोकतन्त्रको आभास भएन,गणतन्त्र नेपालमा राष्टपति संस्था राजाकोपाला भन्दा महँगो भो भन्नु सही हो । जे भाछ त्यो बोल्दा किन रिसाउने ? ठेक्कापट्टामा लुटपाट भो,सुन तस्करी के हुदै छ,भन्नु गल्ती नै हैननि,घुसखोरी देशमा छ,ठुला ठुला नेता भर्ष्टचारी छन यो लुकाएर लुक्ने कुरा हैन। भलै कसैले सुन्न सकेनन,बास्तबिक कुरा गित बाट गाईदिदा,कसैको मुटुमा चसक्क छोयो,आफैलाई भन्यो कि जस्तो लाग्यो त्यसैले तर्सिए ,धम्काए । तपाईले धम्की आएन भनेर अब भनेपनि धम्की आयो, बिरोध गरे त्यो सबैले सामान्य मानिसले समेत बुझिसके,लोकतन्त्र आएको देशमा अभिब्यक्ती स्वतन्त्रता छैन भने कसरी लोकतन्त्र आभास हुन्छ ?

तपाईको गितमा कुनै त्रुटी नै छैन,तर तपाईले सच्याएर फेरी गाँछु भन्दै हुनुहुन्छ । अब अर्कोपटक दुख नगर्नुस अरु कुनै गित गाउनुस तर यही गित परिमार्जन गरेर ल्याउन नथाल्नुस यो गित सबैको हात हातमा छ । तपाईको बास्तबिक सिर्जना सबैले सुन्छन सुनिसके त्यसैले तपाईको परिमार्जन गरिएको सिर्जना हैन पुरानै अहिले बजारमा आएको सिर्जना मान्छेले सुन्छन ।

म पनि गित संगितमा केही लगानी गरेको, भोगेको छु एउटा गित सिर्जना गरेर गाएर बजारमा ल्याउदा कती खर्च हुन्छ । कति धेरै ठुलो संघर्ष हुन्छ सबै थाहा छ ।तपाईले यथार्थ सिर्जना गरेर बजारमा ल्याएको गितले ब्यबसायीक रुपमा ठुलै सफलता हाँसिल गर्ने थियो । एकदिनमा नै साढे ३ लाख दर्शक पाएको गितले करोडौ भ्युअर पाउथ्यो । दिर्घकालसम्म २/४ पैसा खर्च आउथ्यो तर केही मान्छेहरुले कलाकारलाई गाएर खान नदिने भए । कलाकारको त लगानी डुबाईदिने देश तपाईले भनेजस्तो अमेरिका बेलायत जापान जस्तो रहेन र छैन ।
बास्तबिकता केही थान पार्टीका कार्यकर्तालाई नपचेपनि भोगेका देखेका करोडौ जनतालाई पचेको छ । तपाईलाई करोडौ जनताको साथ हिजो आज र भोली सधैं रहि रहनेछ ।

अन्तमा :-

तपाईले यती राम्रो मिठो र बास्तबिक गित गाउनुभो,जती सुन्दापनि धित मर्दैन । सुनौ सुनौ लाग्छ । काममा जाने बेला, ब्रेकको समयमा,कामबाट फर्केपछी, सुत्नेबेला त्यही गित सुन्ने बानी परिसक्यो,मन छोयो,भर्ष्टचार बिकृती बिसङ्गती, बलत्कार, हत्या हिँसा विरुद्ध गीत गाउने गायक नै सच्चा राष्ट्रका गहनाब हुन, रक्तिम या कुनै पार्टीका गित गाउने गितहरुबाट मात्र हैन, तपाईजस्तै भर्ष्टचार विरुद्ध गाउने, बिकृती बिसङ्गती विरुद्ध गाउने, लुट कान्छा लुट,गाउने,अझै नि लोकतन्त्र आको छैन है गाउने, कि सास चाहियो कि लास चाहियो गाउने गायकहरु बाट नै राष्ट र राज्य बदलिन सक्छ ।

जबसम्म देशमा सुशासन कायम हुदैन, हत्या हिंसा बन्द हुदैन, गणतन्त्र आएको आभास हुदैन तब सम्म यस्ता गितहरु गाईरहनु पर्छ । तपाईजस्तै सयौ पशुपती हरु हजारौ जन्मनुपर्छ । तपाईले जुन गित गाउनु भो त्यो गित राज्य बाट र करोडौ जनताबाट पुरस्कृत हुन योग्य गित छ । म परदेशमा पसिना बेच्दै गरेको मान्छे, मसँग तपाईलाई दिन सक्ने मन छ, माया छ । दुख नमानी एउटा स्वतन्त्र नागरिकको रुपमा, श्रोताको रुपमा मेरो माया ग्रहण गर्नुहुने अपेक्षा छ । तपाईसँग मेरो सम्पर्क भएको त छैन तर म सम्पर्क गर्ने छु र तपाईलाई अहिलेको भर्ष्टचार बिरोधी गितको लागि सानो सहयोग रु १०००० अक्षरुपी दश हजार रुपैयाँले पुरस्कृत गर्ने निर्णय गरेको छु । श्रोताको माया मानेर ग्रहण गर्नुहोला।आगामी दिनमा पनि यस्तै शक्तीशाली प्रतिभाहरु सुन्न पाईरहु, तपाईको सांगितिक जिवन सफलताको शुभकामना

जय गित ।जय संगित

“कलाकार र खेलाडी लाई गाली हैन माया गरौ”
यदुराम सापकोटा
स्थायी ठेगना :बाग्लुङ गलकोट न:९
हाल जापान

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्