साउदी अरब, २० माघ २०७५ । नेपाली दुताबास साउदी अरब को सेल्टर मा आश्रय लिन आएकी नवलपरासी जिल्लाकि रिस माया नेपाली ले घोर्ले छोरा लाई जन्म दिएकी छिन् ।

पिडित महिलाहरु को उद्दार हेतु करिब १० बर्ष अघि दुताबास प्रांगणमा खोलिएको सेल्टर मै बच्चा जन्मेको यो पहिलो घटना मानिएको छ।नेपाली हाल नवजात शिशु सहित अस्पताल मा रहेकी छिन ।

कतिपय ले सिंगो दुताबासनै मामा बनेको भनि अर्थ्याएका छन् । गत शनिबार ट्याक्सी ड्राईभर ले दुताबास बाहिर छोडेर गए पश्चात दुताबास को आश्रयस्थलमा रहेकी उनले दुई दिन पश्चात सेल्टर मै बच्चा जन्माएकी थिईन, ति महिला गर्भवती रहेको भन्ने बारे दुताबास लाई थाहा पत्तो नभएको जनाइएको छ ति महिला ले बच्चा जन्माउदा परराष्ट्र मन्त्रालय कन्सुलर बिभागका महानिर्देशक गेहेद्रराज भण्डारी साउदी अरब को भ्रमणमा रहेका थिए ।

नेपाली राजदुत प्रो.डा. महेन्द्र सिंह राजपुत ले मानबिय आधारमा ति महिला र बच्चा को स्वास्थ लाई ध्यानमा राखी प्रसुती भए पश्चात तुरुन्त अस्पताल पुर्याईएको र हाल उनको प्रतक्ष्य रुपमा देखभाल गरिरहेको कुराकानी मा जनाएका छन ।

दुई बर्ष पहिला कुबेत बाट साउदी अरब ल्याईएकी नेपाली को शारीरिक अवस्था प्रसुती हुने देखेर घर मालिक ले घर बाट निकाली दिए पश्चात उनि दुताबास आई पुगेकी थिईन उनले घरमा काम गर्ने बंगाली संग को लसपसमा गर्भ रहेको भनि उनले जानकारी दिएको जनाइएको छ ।

साउदी अरब मा घरेलु कामदार पठाउन बैधानिक रुपमा साउदी अरबमा प्रतिबन्ध लगाईएता पनि अनेकन बाटो भएर साउदी अरब मा घरेलु कामदार को रुपमा हजारौ महिलाहरु कार्यरत रहेको मानिन्छ बैधानिक तवर बाट नआउने हुँदा यकिन संख्या या डाटा समन्धित निकाय संग रहेको मानिन्न घरेलु हिँसा देखि अनेकन पिडाका कथाहरु बाहिर आएका छन ति मध्ये दुताबास प्रांगण मै सन्तानको जन्म नौलो र आँखा खोल्ने खाल को देखिन्छ । श्रोत:- NA मिडिया

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्