२०८३ जेठ ५, मंगलबार
३:४६:०० राति
- ADVERTISEMENT -

जापानी श्रम बजारमा अप्रिलबाट नेपाली कामदार पठाउने सरकारको तयारी

प्रकाशित मिति: २०७५ माघ १९, शनिबार

1545
Shares

काठमाडौं, १९ माघ २०७५ । नेपाल सरकारले जापानी श्रम बजारमा नेपाली कामदार पठाउने अन्तिम तयारी गरेको छ ।

आगामी अप्रिलबाट विभिन्न १४ क्षेत्रका कामदार जापान पठाउने गरी तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कामदारको संख्याका विषयमा निश्चित नभएपनि अधिक कामदारलाई जापान पठाउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । रोजगारको आर्कषक गन्तब्य मानिएको जापानले ९ मुलुकबाट ३ लाख ४५ हजार कामदार भित्र्याउने घोषणा गरेको थियो ।

दक्षिण एसीयाबाट नेपाललाई मात्र सुचीमा समाबेश गरेको जापानले १५ देखि २० हजार नेपाली कामदार लिने जनाएको छ । विभिन्न चरणमा दुबै देशका प्राविधिक टोलीले छलफल गरिसकेको भन्दै मन्त्रालयले अबको केही समयमै नेपाली कामदारलाई जापानको ढोका खुल्ला हुने जनाएको छ ।

सरकारीस्तरबाटै कामदार जापान पठाउने विषयमा नेपालले जी टु जीको प्रस्ताब अघि सारेको छ । प्राविधिक टोलीबीचको छलफल धेरै अघि बढीसकेको र अनौपचारिक छलफल पनि जारी रहेकाले अप्रिल अगावै कामदार पठाउने मन्त्रालयको तयारी छ । भाषा र आधारभुत तालिमको परिक्षण उतिर्ण गरेपछि नेपाली कामदारलाई जापान जाने बाटो खुल्ला हुनेछ । जापानले घरेलु कामदारसहित होटल, स्वास्थ्य, उत्पादन, कृषि, भौतिक निर्माण, औद्योगिक लगायतका क्षेत्रमा नेपालसँगै चीन, थाईल्यान्ड, भियतनाम, फिलिपिन्स, इन्डोनेशिया, म्यानमार, कम्बोडिया र मङ्गोलियाबाट कामदार लैजाने जनाएको छ ।

जापानको श्रम मन्त्रालयले गरेको सर्वेक्षणमा सन् २०३० भित्रमा ६४ लाखभन्दा बढी कामदारहरूको अभाव हुने देखिएको छ । घरेलु अर्थतन्त्रलाई खस्किन नदिन जापानले हरेक बर्ष त्यो अभाव परिपुर्तिका लागि वैदेशिक कामदार भित्र्याउने योजना सार्बजनिक गरेको हो । त्यो सूचीमा उसले नेपाललाई पहिलो पटक समावेश गर्दै प्रक्रिया अघि बढाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
153.25
153.85
EUR
European Euro
1
178.17
178.87
GBP
UK Pound Sterling
1
204.21
205.01
CHF
Swiss Franc
1
194.71
195.48
AUD
Australian Dollar
1
109.58
110.01
CAD
Canadian Dollar
1
111.46
111.89
SGD
Singapore Dollar
1
119.66
120.13
JPY
Japanese Yen
10
9.65
9.69
CNY
Chinese Yuan
1
22.50
22.59
SAR
Saudi Arabian Riyal
1
40.84
41.00
QAR
Qatari Riyal
1
42.06
42.23
THB
Thai Baht
1
4.69
4.71
AED
UAE Dirham
1
41.72
41.89
MYR
Malaysian Ringgit
1
38.79
38.94
KRW
South Korean Won
100
10.23
10.27
SEK
Swedish Kroner
1
16.22
16.28
DKK
Danish Kroner
1
23.84
23.93
HKD
Hong Kong Dollar
1
19.57
19.65
KWD
Kuwaity Dinar
1
500.24
502.20
BHD
Bahrain Dinar
1
406.34
407.93
OMR
Omani Rial
1
398.05
399.61
- ADVERTISEMENT -