टोकियो, १८ माघ २०७५ । नवलपुर समाज जापानको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट १ सय ५० भन्दाबढी आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत बितरण गरिएको थियो ।

प्रमुख अतिथी एन आर एन ए जापानका वरिष्ठ उपाध्यक्ष देबि लाल भण्डारी, बिशिस्ट अतिथी समाजसेवी डि पि कदेल, बाग्लुङ समाज जापानका कार्यबहाक अध्यक्ष प्रेम प्रसाद कदेल, उद्योग ब्यवसायी संघ जापानका महासचिव पुष्कर जंग थापा, परासी समाज जापानका अध्यक्ष जीवन छेत्री, नवलपुर समाज जापानका आसकाका अध्यक्ष मुकिराम खरेल लगायत अन्य ब्यक्तित्वको बाक्लो उपस्थित रहेको थियो ।

समाजका अध्यक्ष सागर प्रसाद कदेलले समजको भाबी योजनाको बारेमा जानकारी गराउदै ५० लाखको अक्षय कोषको स्थापना गर्ने घोषणा गर्नु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्