- ADVERTISEMENT -

लिबियामा बन्धक १२ नेपाली सकुशल स्वदेश फर्काउन कांग्रेसको माग

January 30, 2019
929
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १६ माघ २०७५ । नेपाली कांग्रेसले लिबियामा बन्धक बनाइएका १२ जना नेपाली युवालाई सकुशल स्वदेश फकाउन सरकारसँग आग्रह गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा लिबियामा बन्धक बनाइएका युवालाई स्वदेश फर्काउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘१२ नेपाली युवालाई बन्धक बनाएको सार्वजनिक विवरणप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ,’ शर्माले भन्नुभयो ।

उनीहरुको उद्दार गरी सकुशल देश फर्काउन तत्कालै गम्भीर पहल गर्न र त्यस्तो स्थिति उत्पन्न गराउन संलग्न दोषीहरुलाई कारवाहीको प्रकृया शुरु गर्न कांग्रेस पार्टीको तर्फबाट नेपाल सरकारसँग शर्माले माग गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -