- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सुत्केरी आमा र नवजात शिशुको प्राण रक्षार्थ सहयोगका लागि अनुरोध

January 29, 2019
1639
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१५ माघ २०७५ । आपसी सहमतिमा एक बर्ष अगाडी लगनगाँठोमा बाँधिएका रघुगंगा गाउँपालिका ३ पिप्लेका दिनेश दर्जी र सुन्दास प्रमिला दर्जीको बैबाहिक जीवनको एकबर्ष पुरा भएको थियो ।

लगनगाँठोमा बाँधिएको एकबर्षमा पहिलो सन्तानलाई स्वागतको तयारीमा थिए । नियमित काम, श्रीमतिको रेखदेख र नियमित चेकजाँचमा दिनेश ब्यस्त थिए ।

परिवारलाई सुख दु:खमा साथ दिइ पाल्न जापानमा पुगेका दिनेशले भिषा परिवर्तन गरेपछि कमाई पनि राम्रो थियो । निकै मिलेको जोडी भनेर चिनिने दिनेश दम्पत्तीको पहिलो सन्तान छोरीको आगमनपछिको खुसीयाली मनाउने तयारी एक्कासी लुटियो ।

गत जनवरी १३ तारिखमा एक्कासी घरमै बेहोस भएपछि जापानको कुवानास्थीत एक अस्पतालमा चेकजाँच गर्दा ब्रेनट्यूमर भएको चिकित्सकले बताएपछि दिनेशलाई छागाबाट खसेजस्तै हुनु भयो ।

- ADVERTISEMENT -

Advertisement

ब्रेनट्यूमरको अप्रेसनपछि प्रमिलाको अवस्था थप चिन्ताजनक भएको मोना जापानका अध्यक्ष दिपक कार्कीले बताउनु भयो । ‘अवस्था चिन्ताजनक छ,‘आमाको काखमा शिशु छ,‘उपचारमा लाखौं खर्च हुन्छ’ कार्कीले भन्नुभयो ।

उनले म्याग्देली विरामी भएको जानकारी पाएपछि तत्कालै अस्पतालमा पुगेको बताउँदै बच्चाको रेखदेखका लागी तयारी गर्न चिकित्सकले अनुरोध गरेपछि दुख लागेको बताउनु भयो ।

‘आमाको अवस्थालाई देखेर सबै चिन्तित छन्,‘उपचार तथा आवश्यक प्रक्रियाका लागी आर्थिक सहयोगको अपिल गरेका छौ’ उहाले भन्नुभयो । मोना जापनाले जापानमा रहेका म्याग्देली सहित नेपालीलाई आर्थिक सहयोग अभियानमा जुट्न अपिल समेत गरेको बताउनु भयो ।

‘अस्पतालबाट अझैपनि शुभ समाचारका लागी प्रयास भइरहेको छ,‘चिकित्सकले समेत प्रयास गरिरहेका छन्’बेहोस भएपछि चिकित्सकले परिवारको सल्लाहमा अप्रेसन गरी बच्चालाई निकालेपछि प्रमिलाको बेनट्यूमरको अप्रेशन गरेका थिए ।

अप्रेसनपछि ३८ घण्टासम्म होस नआएपछि परिवारलाई आवश्यक तयारी गर्ने चिकित्सकले जानकारी गराएपछि आर्थिक सहयोग अभियानले तिब्रता पाएको महासचिव गणेश श्रेष्ठले बताउनु भयो । उहाका अनुसार आर्थिक सहयोगका लागी आर्थिक संयोजन सचीन श्रेष्ठको संयोजकत्वमा टिम बनाईएको छ र बैंकमा खाता समेत खोलिएको छ ।
सहयोगी मन भएका महानुभाबहरुले निम्न ठेगानामा सहयोगी हात अगाडी बढाउन सक्नु हुनेछ ।

खाता नम्बर = 10120-87744051 Jp bank
खाता नाम – मोना जापान (モーナジャパンクミアイ) मोना जापान परिवार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com