- ADVERTISEMENT -

धादिङ् समाज जापानको नयाँ कार्यसमितिद्वारा संरक्षक,सल्लाहकार तथा मिडिया संयोजक मनोनयन गर्यो,संस्था अझ प्रभावकारी बनाउनेमा जोड

January 27, 2019
1286
Shares
- ADVERTISEMENT -

टोकियो, १३ माघ २०७५ । धादिङ् समाज जापानमा रिक्त भएको पदमा विभिन्न व्यक्तित्वरुलाई मनोनित गरेको छ । धादिङ् समाज जापानको नयाँ कार्यसमितिको आज बसेको बैठकले मनोनयन गर्न बाँकी रहेका पदहरुमा समाजका लागि महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका विभिन्न व्यक्तित्वरुलाई मनोनित गरेको हो ।

आईतबार, टोकियोको सिनओकुबो स्थित सोलमारी हलमा अध्यक्ष कृष्ण खनालको उपस्थितिमा भएको बैठकले ,संरक्षकमा सफल व्यवसायी तथा समाजका हरेक गतिविधीहरुमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुहुने केशव अधिकारीलाई मनोनयन गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, सोहि बैठकबाट क्रमश संस्थाको स्थापना /संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने तेज अर्याल, राजेन्द्र श्रेष्ठ , राजकुमार अधिकारी, टिकाराम रिजाल, बाबु काजी भण्डारी, कृष्ण सिम्खडा, रामहरि पुडासैनी , डा होम बहादुर रिजाल, श्याम शितल, डि।पि अर्याल र अनुज थापालाई संस्थाको सल्लाहकारमा मनोनयन गरेको छ ।

समाजले, स्थापनाकालदेखि संस्थाको समाचार प्रकाशन तथा विविध प्रचार/प्रसार कार्यमा सहयोग पुर्याउँदै आउनुभएका सञ्चारकर्मी राजन गौतमलाई मिडिया संयोजकमा मनोनयन गरेको महासचिब बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

गत, डिसेम्वर २७ तारिखमा भएको तेस्रो अधिवेशनले कृष्ण खनालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो ।

समाज,धादिङ् जिल्लाका विभिन्न स्थानबाट आई, विविध पेशा व्यवसायमा संलग्न धादिङेलीहरुमा प्रवासमा भईपरी आउने समस्याहरुमा सहजिकरण गर्दै, धादिङ्को भौतिक तथा शैक्षिक विकासको क्षेत्रमा योगदान पुर्याउने उद्देश्यका साथ कृयाशील रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -