जापान, १३ माघ २०७५ । सिटि एक्सप्रेस मनि ट्रान्सफर जापानबाट रकम पठाउँदा बर्दियाका मान बहादुर खत्रीले १२ लाख नगद पाउनु भएको छ । उहाले सिटि एक्सप्रेस मनि ट्रान्सफर जापानबाट नगद पठाउँदा सिटि एक्सप्रेस मनि ट्रान्सफरको स्थापनाको १२ औ बार्षिक उत्सबको अवसरमा उहाले १२ लाख नगद प्राप्त गर्नु भएको हो । उहाले लखपति एक्सप्रेस उपहार योजना अन्तर्गत मान बहादुरले लक्की ड्र गर्दा उहाको भाग्यले बम्पर उपहार प्राप्त गर्न सफल हुनुभएको हो ।
दुइ साता अगाडी सिटि एक्सप्रेसले काठमाडौँमा प्रबन्ध निर्देशक चन्द्र टन्डन र ब्राण्ड एम्बेसडर सिताराम कट्टेल धुर्मुस सहित उक्त लक्की ड्र छनौट गर्दा आइतबार जापानको टोकियोमा रकम हस्तान्तरण गर्नु भएको थियो । उहाको श्रीमती पनि रोजगारीको शिलशिलामा जापानमा नै कार्यरत हुनुहुन्छ ।
जापानबाट घर-परिवारलाई रकम पठाउनु भएका मान बहादुरलाई जापानको सिनओकुबो अफिसबाट आज पत्रकार सम्मेलन गरेर सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटीका अध्यक्ष महेशकुमार श्रेष्ठले रकम हस्तान्तरण गर्नु भएको थियो ।
सिटि एक्सप्रेस मनि ट्रान्सफर जापान प्रति धन्यबाद ज्ञापन गर्दै उक्त रकम प्राप्त गरे पश्चात हर्षित हुदै उपहार स्वरुप पाएको रकम नेपालमा नै उत्पादनको क्षेत्रमा लगानी गर्ने सोच रहेको मान बहादुर खत्री ले सिमपानी न्युजलाई बताउनु भयो ।