२०८३ वैशाख ७, सोमबार
१२:०७:४२ राति
- ADVERTISEMENT -

जनवरी २७ तारिख गर्ने भनिएको जनसम्पर्क समिती जापानको अधिवेशन अन्योलमा

प्रकाशित मिति: २०७५ माघ १०, बिहीबार

1025
Shares

टोकियो, १० माघ २०७५ । जनवरी २७ तारिख गर्ने भनिएको जनसम्पर्क समिती जापानको अधिवेशन अन्योलमा परेको छ । गत नोभेम्वर २८ बुधवारका दिन टोकियोमा बसेको केन्द्रीय कार्यसमितीको बैठकले २७ तारिख अधिवेशन गर्ने निर्णय गरेको थियो ।

नि- वर्तमान सभापति लालवहादुर के सी (रोशन) नेतृत्वको कार्यसमितीको म्याद नोभेम्वर अन्तिम सम्म रहने भनेर बिधानमा उल्लेख गरिएपनि केन्द्रीय कार्यसमितीको बैठकले ३ महिना म्याद थप गरि जनवरी २७ मा अधिवेशन गर्ने गरि निर्णय गरेको थियो तर यो बिचमा अधिवेशनका लागी पुरै कार्यसमिति निस्कृय देखिएको छ २७ तारिख आउन अव २/३ दिन मात्रै हुदा पनि कुनै तयारी नभएकाले अधिवेशन नहुने लगभग निस्चित भएको छ ।

समय सकिनै लाग्दा अन्तिम समयमा आएर हतार हतारमा क्षेत्रीय समितीहरु तथा जापानका कांग्रेसीहरुलाई जानकारीनै नगराई जवरजस्त केहि मान्छेहरु मात्रै बसेर म्याद थप्ने निर्णय गरिएको भन्दै लगभग धेरैजसो जापानका कांग्रेसीहरु असन्तुष्टनै थिए, म्याद थप्ने निर्णय गरिएकै दिन बैठकमा उपस्थित भएका नि वर्तमान कार्यसमिताका सहमहामन्त्री युवराज अधिकारीले म्याद थप्ने निर्णयप्रति असन्तुष्टी जनाउदै नेपाली कांग्रेस पार्टीलाई पत्राचार गरेका थिए ।

त्यहि पत्रलाई आधार मानेर केन्द्रले भने जापानको कार्यसमिती सगँ सल्लाहानै नगरी नेपाली जनसम्पर्क समिती जापानको वर्तमान कार्यसमितीको म्याद सहमती अनुसार नोभेम्वर ३० मा स्वत सकिने भएकोले पार्टीको अर्को निर्णय नहुन्जेल सभापतिको हैसियतमा कुनै काम कारवाही नगर्नुहुन भनेर मंसिर २५ मा पत्र लेखेर पठाएको थियो । तर पार्टीले हालसम्म कुनै निर्णय नगरेकोले अधिवेशन गर्ने नगर्ने भनेर अन्योलमा रहेको छ ।

नेपाली जनसम्पर्क समिती जापानले गरेको निर्णय नमानेको र केन्द्रलाई पत्राचार गरि बिधान बिपरित काम गरेको भन्दै नोभेम्वर २८ मा नै बसेको बोर्ड समितीको बैठकले नि वर्तमान सहमहामन्त्री युवराज अधिकारीलाई २ बर्षका लागी साधारण सदस्य पनि नरहने गरि निष्कासित गरेको थियो ।

उता नेपालवाट पत्र आएर कार्यसमितीलाई मान्यता नदिनु यता कार्यसमितीले सहमहामन्त्रीलाईनै कारवाही गर्ने यि दुई निर्णय कार्यन्ययन गर्ने नगर्ने बिषयमा पनि अन्योलता देखिन्छ त्यसैले पनि अधिवेशन हुने नहुने भन्नेमा जापानका कांग्रेसीहरु अन्योलमा रहेका छन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.39
148.99
EUR
European Euro
1
175.06
175.76
GBP
UK Pound Sterling
1
200.75
201.56
CHF
Swiss Franc
1
189.65
190.41
AUD
Australian Dollar
1
106.40
106.83
CAD
Canadian Dollar
1
108.49
108.93
SGD
Singapore Dollar
1
116.62
117.09
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
21.75
21.84
SAR
Saudi Arabian Riyal
1
39.56
39.72
QAR
Qatari Riyal
1
40.70
40.86
THB
Thai Baht
1
4.63
4.65
AED
UAE Dirham
1
40.40
40.56
MYR
Malaysian Ringgit
1
37.54
37.70
KRW
South Korean Won
100
10.03
10.07
SEK
Swedish Kroner
1
16.18
16.25
DKK
Danish Kroner
1
23.42
23.52
HKD
Hong Kong Dollar
1
18.95
19.03
KWD
Kuwaity Dinar
1
484.62
486.58
BHD
Bahrain Dinar
1
393.53
395.12
OMR
Omani Rial
1
385.42
386.98