टोकियो, ७ माघ २०७५ । आर्थिक अवस्था कमजोर तथा जेहेन्दार बालबालिकालाई शिक्षाको पहुँच पु¥याउन म्याग्दी प्रवासी नेपाली संघ जापान (मोना) ले मोना साँझ गर्ने भएको छ ।

जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानले चरम गरिबीका कारण शिइाादिक्षाबाट बन्चित भएका बालबालिकाको आधारभुत आवश्यकता पुरा गर्न आगामी अप्रिल २९ गते जापानको गोल्डेन वीकको अबसर पारेर म्याग्देली सहित नेपाली कलाकारको उपस्थितमा नाकानो जेरो हलमा (मोना साझ)कार्यक्रम गर्ने तयारी गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

‘साँझको तयारी भइरहेको छ,‘गरिबीका कारण शिक्षादिक्षाबाटै बन्चित भएका बालबालिकाको शैक्षिक भविस्य सुनिश्चित गर्ने अभियानमा नेपालीको सहयोगको अपेक्षा गरेका छौ’ उहाँले भन्नुभयो । मोना साँझको संयोजकत्वमा एशिया प्यासफिक सयोंजक ददिवल खड्कको संयोजकत्वमा विभिन्न उपसमिति बनाइएने समेत जानकारी दिनुभयो ।

संयोजक खड्काले कार्यक्रम तय भएकाले कुनै पनि कार्यक्रमलाई सोही दिनमा नपारीदिन अनुरोध गदैं शिक्षा जस्तो अति आवश्यकताको दायरामा समेत नपुगेका बालबालिकालाई आफ्नो क्षमता अनुसार सहयोगको अपिल गर्नुभयो ।

मोना साँझको तयारीसंगै विभिन्न उपसमिति तयार गरिने मोना जापानका अध्यक्ष दिपक कार्कीले बताउनु भयो । उहाँले जापनामा रहेका क्षत्रीय समिति सहित पहुँचमा रहेका म्याग्देली सहित नेपालीलाई विभिन्न माध्यमबाट निमनत्रणा गरिने जानकारी दिनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्