ओम पाण्डे , साउदी अरब, ५ माघ २०७५ । वैदेशीक राजगारको लागि काठमाडौं स्थित ब्लु स्काइ म्यानपावर मार्फत साउदी पुगेका नेपाली युवाको गत नोभेम्बर २७ का दिन आँफैले चलाएको गाडी ( फर्क लिफ्ट) ले किचेर मृत्युु भएको थियो ।

लगभग डेढ महिनाको अथक प्रयास र रियाद स्थित नेपाली राजदुताबासको सक्रियतामा पार्थिब शरीर गत जनवरी ७ मा स्वदेश पुगेको छ ।

मृत्यु हुने युवा चापाकोट नगरपालिका- ४, भन्टाबारी स्याङ्जाका ३३ बर्षिय बेगबहादुर थापा (पदम) हुन ।

साउदी अरब स्थित अल्मराई कम्पनीको central processing plant (CPP3) मा कामको सिलसिलामा आंफैले चलाएको गाडी पल्टेर किचेको थियो र उपचारको क्रममा मृत्यु भएको थियो ।

यस दुखद परिस्थितिमा परिवारको लागि सहयोगार्थ भनी अल्मराई कम्पनिको विभिन्न शाखा अन्तर्गत अल्खर्ज सेल्स, CPP को विभिन्न डिपार्ट, फार्म डिभिजन, बेकरी डिभिजन,रियाद, हायल, जेद्दा साथै अल्खर्ज क्षेत्रको नेपाली एकता समाजबाट CPP को नेपाली कमिटिको विशेष पहलमा ७३,४०४ साउदी रियाल (नेपाली रुपैयाँ एक्काईस लाख अट्ठाइस हजार सात सय सोर्‍ह) संकलन गरेर घरमा सासू बुहारीको नाममा हकवाला दुइ छोराहरु राखेर नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोल्न लगाई खाता न.04105050274685 मा उठेको सम्पुर्ण रकम पठाइसकिएको छ ।

स्व. यम बहादुर थापा र धनकुमारी थापाको छोरा मृतक बेगबहादुरको श्रीमती दुर्गा थापा, दुई छोराहरु दिलिप र दिप्सन थापा रहेका छन भने उनको एक भाइ तथा तिन दिदिबहिनीहरु रहेका छन ।

यस्ता सामाजिक कामहरु नेपाली कमिटिले गर्दै आएको छ र गरिरहने छ भनी कमिटिका सचिब नाथन शर्माले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्