बेल्जियम, ३ माघ २०७५ । गोरखाली समाज बेल्जियमले गोरखाका उत्तरी दुर्गम भेगमा एम्बुलेन्स प्रदान गर्ने लक्ष्य राखी सांगीतिक च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ ।

दुर्गम भेगका बिरामी, गर्भवती तथा सुत्केरीलाई यथासीघ्र अस्पतालको पहुँचमा पु¥याई उपचार सेवा प्रदान गर्न सहज बनाउने उद्देश्यले बेल्जियमको एन्ट्र्रोपेन सहरमा सांगीतिक च्यारिटी कार्यक्रम आयोजना गरेको महासचिव तेजबहादुर नेपालीले जानकारी दिए ।

सांगीतिक कार्यक्रममा नेपालबाट चर्चित कलाकाहरु गणेश गुरुङ, नरजंग गुरुङ तथा बेल्जियममै रहेका नेपाली कलाकाहरुको सांगीतिक प्रस्तुती रहेको थियो । त्यस्तै इटालीबाट सो कार्यक्रममा नेपाली लोक गायिका सकुन्तला थापा र बेल्जियमकी गायिका वविताको पनि प्रस्तुती रहेको महासचिव नेपालीले जानकारी दिए ।

कार्यक्रममा एनआरएन बेल्जियम, फ्रान्स तथा इटलीका एनआरएनहरुको समेत सहभागिता रहेको थियो । ‘गोरखाको विकट गाँउवस्तीका दाजुभाई तथा दिदीबहिनीहरु आकस्मिक विरामी पर्दा तुरुन्तै नजिकैको स्वास्थ चौकीमा समयमा नै पु¥याउन नसकेर मृत्युवरण गरेका धेरै घटनाहरु विदेशमा बसेर सुनिरहेका छौं’ नेपालीले भने, ‘त्यसैले गोरखा जिल्लाको उत्तरी भेगका गाँउपालिकाहरुका महिलाहरुको प्रसुती समस्यामा सहयोग पु¥याउने, दुर्घटनाजन्य घटनाका विरामीहरु र आकस्मिक विरामीहरु तथा अस्पतालमा समयमा नै पुग्न पहुँच नभएका विरामीहरुको लागि एम्वुलेन्स सेवा प्रदान गर्ने पवित्र उद्देश्यका साथ यस समाजले च्यारिटी कार्यक्रम गरेको हो ।’ यस्तो कार्यक्रम पहिलोपटक आयोजना गरिएको उनले बताए ।

एम्बुलेन्स दिने गाउँको भने छनौट नभइसकेको नेपालीले बताए । ‘सबैको छलफलबाट सडक पुगेको तर सबैभन्दा बिकट बस्तीलाई एम्बुलेन्स उपलब्ध गराउनेछौं’, उनले भने, ‘बिरामीलाई गाडीभित्रै प्राथमिक उपचार सेवा दिनसक्ने सुविधा सम्पन्न एम्बुलेन्सको ब्यबस्था हुनेछ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्