टोकियो, २९ पौष २०७५ । गगनचुम्मी भवन , ठुला ठुला महल, फराकिला आकाश र जमिनमा देखिएका सुन्दर सडकहरु, जमिनमुनि खनिएका ति रेलका लिगहरु आधुनिक क्यामराले खिचीएका ति सुन्दर दृश्य अनि परिवार एकातिर आफु दैनिक दिनचर्यामा बाटोमा खिचिएका ति सेल्फ़ी तस्बिरहरुले लाग्ला बिदेशमा सु:ख अनि पैसाको बोट नै छ जस्तो कुरा प्रा:य सबैले भन्ने गर्दछन तर सोचाईमा र भोगाईमा रहेको भिन्नता के थाहा बिचरा परिवार, आफन्त, साथीभाई र इस्टमित्रहरुलाई बिदेशी ठाउ, बिदेशको बिरानो भुमी नटेक्नेहरुलाई एउटी आमा धेरै पैसा कमाएर भविष्यमा आफ्नो परिवारसंग सुखि र खुशि जीवन बिताउने सपना बोकेर ति दुधे छोरा छोरीलाई टुहुरा बनाएर आशुको धारालाई साथी बनाउदै परदेशीएकी एक अभागिनी , जो सबै खुशि त्यागेर भविष्यको सुन्दर सपनामा रमाएर….. म धन धेरै कमाएर प्राण भन्दा प्यारा छोराछोरीसंग सुखी जीवन बिताउने कल्पनामा आएकी म बिदेशमा सोचेजस्तो केही पाउन सकिन । म जस्ता हजारौ आमाहरू एउटै सपना बोकेर बिदेश हानिएका छन् । आफनो प्यारो देश छोडेर प्रदेश आउदा जुन कल्पना गरेर आएका हुन्छौ, त्यो केही पाउन सकिदैन । बिदेशको दिनको १२/१४ घन्टा कामको थकान त्यसमाथी परिवारको याद कल्पना गर्न त गारो हुन्छ भने आफुलाई पर्दा कति गारो हुन्छ, बर्णन गर्न सक्दिन म ।

मनका इच्छा, चाहना, पिर ब्यथालाई एकातिर पन्छाएर बिहान सबेरै उठेर एक गिलास पानी पिउन पनि समयको अभाव हुने बिरानो ठाउ…… समयको पछाडी पछाडी समयको गति संगै हतार हतार गरेर काममा जानु पर्ने । १२/१४ घन्टा काम गरेर लखतरान हुदै घरमा आयो, दुई गास खाना खाएर ओंछ्यानमा ढल्न नपाई मोबाईलमा घन्टी बज्छ ।

फेरी उही दिनचर्या सुरू हुन्छ…..यसरी नै बित्छ दिन,महिना र वर्ष मोबाईलमा साथी भाई र आफन्तको म्यासेज आएको हुन्छ । सबै संग कुरा गर्न मन त लाग्छ नै धित मारेर कुरा गर्न पनि पाइदैन । बिदेश गएर पैसा कमाएपछि हाम्रो फोन उठाउन छडिस,मेसेजको रिप्पलाई गरिन के -के हो के -के दिक्क लाग्छ । हुनत, बिदेशको मानसिक तनाव बारेमा सबैलाई थाहा नभएको पनि हुनसक्छ । सोचेजस्तो, सुने जस्तो, हेरे जस्तो छैन बिदेशी भुमी ।

त्यसैले, बिदेशमा १२/१३ लाख खर्च गरेर आउनुभन्दा आफनै देशमा र माटोमा पसिना बगाएर बिदेशमा बगाएको भन्दा कयौं गुना आनन्ददायी, सुख, आनन्द, खुशी हुन्छ । आफनै देशमा सुन फलाउन सक्ने हातहरु प्रदेशमा खिईनु पक्कै पनि रहर होइन, बाध्यता हो ।

अझैं हामी विदेश जान पाइयो, त्यसमा पनि विकशीत देशहरुमा भनेर खुशी हुनुपर्छ । कहिलेसम्म नेपाली यूवाशक्ति विदेशमा वेचिनु पर्ने, जन्मदिने आमा र जन्म भुमीभन्दा टाढा रहेर ति दुधे बालकको बाल्यपनसंग रम्न, रमाउन, खुशी दिन बालकलाई स्याहार-सुसार गर्न
नपाउने, ६० लाख भन्दाबढि बिदेशीएका ति नेपालीको पिढा एउटै हो…. आफ्ना जवानीका समयहरु विना मुल्य वेच्नपर्ने आम नेपालीलाई आजको बाध्यता रहेको छ ।

गिता लम्साल भट्ट
हाल जापान

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्