साउदी अरब, २८ पौष २०७५ । सगरमाथा आरोहण गर्ने साउदी अरबको पहिलो महिला राहा मोहर्कलाई नेपाली दूतावासले सम्मान गरेको छ ।

साउदीका लागि नेपाली राजदूत प्रा.डा.महेन्द्रप्रसाद सिंह राजपुतले रियादस्थित क्राउन प्लाजा होटलमा आयोजित कार्यक्रममा मोहर्कलाई सम्मान गरेका हुन् ।

साउदीको रियादस्थित नेपाली दूतावासले पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम गर्ने क्रममा मोहर्कलाई सम्मान गरिएको हो । सोही कार्यक्रममा राजदूत राजपुतले नेपालको पर्यटन क्षेत्र र भिजन २०२० बारे धारणा राख्दै मोहर्कको आरोहणले नेपाल र साउदी जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेलेको बताएका थिए ।

आरोही मोहर्कले सगरमाथा आरोहणका अनुभूतिहरु राख्दै नेपालको प्राकृतिक सुन्दरताले आफू मोहित बनेको बताइन् । साथै नेपाली जनताको न्यानो माया पाउँदा निकै खुसी लागेको उनले बताइन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्